दीपिकाको कब्जामा सन् २०१३

सन् २०१३ बलिउड नायिका दीपिका पादुकोणका लागि सर्वाधिक फलदायी हुने देखिएको छ । यसैले पनि यो बर्ष नायिका पादुकोण बलिउडमा अग्रस्थानमा आउने संभावना देखिन्छ ।

यो बर्ष बलिउडमा प्रदर्शनमा आउन लागेका विग बजेटका सिनेमाहरुमा नायिका पादुकोण देखिदैछिन् । यो बर्ष दीपिकाले अभिनय गरेका ५ सिनेमाहरु एकसाथ प्रदर्शनमा आउदैछन् । तामिल फिल्मका चर्चित नायक रजनिकान्तको साथमा दीपिकाले अभिनय गरेको चलचित्र ‘कोचादियन’ यो बर्ष प्रदर्शनमा आउदैछ । यसैले पनि दीपिकाका लागि यो बर्ष सर्वाधिक भाग्यमानी हुनसक्ने देखिएको छ ।

यस्तै यसै बर्ष पादुकोणले अभिनय गरेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ पनि प्रदर्शनमा आउदैछ । बलिउड वादशाह साहरुख खानसँग जोडीको रुपमा दीपिकाले अभिनय गरेको यो चलचित्र सन् २०१३ कै सर्वाधिक प्रतिक्षित सिनेमा हो । यो सिनेमा दीपिका र साहरुखकै लागि विशेष हुने बताइएको छ । साहरुख खान बलिउडका यस्ता एक नायक हुन्, जसले अभिनय गरेको चलचित्रले चर्चा र कमाई दुबैमा आफुलाई सधै नै अग्रस्थानमा राख्ने गरेको छ । यस्तै दीपिकाले पुर्व प्रेमी रणविर कपुरसँग अभिनय गरेको चलचित्र ‘ए जवानी हे दिवानी’ पनि सन् २०१३ मै प्रदर्शन हुने क्रममा छ । यो बर्षकै सुरुवातमा दीपिका अभिनित ‘रेश २’ प्रदर्शन हुदैछ । यो सिनेमाले १०० करोडको क्लबमा आफुलाई उभ्याउने धेरैको अड्कल छ । यो बाहेक दीपिका यसै बर्ष संजय लिला भन्सालीको ‘रामलिला’ मा पनि देखिदैछिन् । यसैले पनि सन् २०१३ नायिका दीपिका पादुकोणको कब्जामा रहने पक्का जस्तै छ ।