हङकङलाई हराउँदै नेपाल समूह विजेता बन्यो
१५ माघ, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटको समूह चरणको अन्तिम खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको छ ।यसअघि नै सेमिफाइनल पुगेको नेपाल समूह चरणमा अपराजित रहँदै ८ अंकका साथ समूह एको विजेता बनेको छ । ६ अंक जोडेको हङकङ भने समूह उपविजेता बनेको छ ।
सोमबार भएको समूह चरणको अन्तिम खेलमा हङकङले प्रस्तुत गरेको ५५ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा भेट्यो । नेपालको सुरुवात भने निकै खराब थियो । ५ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको नेपालको पारी मध्यक्रमका व्याट्सवुमनले सम्हालेका हुन् । रनको खाता खोल्न नपाउँदै आपेनर मधु कार्कीलाई शुन्य रनमा गुमाएको नेपालको स्कोर बोर्डमा २ रन हुँदा दोस्रो विकेटका रुपमा सीता मगर व्यक्तिगत १ रनमा रनआउट भइन । ६ रन बनाउँदा रोशनी बोहोरा व्यक्तिगत ५ रनमा पभेलियन फर्किएपछि नेपालको पारी धरमराएको थियो ।
तर, त्यसपछि क्रिजमा आएकी नेरी थापा र सरिता मगरले नेपालको पारी सम्हालिन् । नेरीसँग ३३ रनको साझेदारी गरेकी सरीता व्यक्तिगत १४ रनमा आउट भएकी छिन् । त्यसपछि क्रिजमा आएकी कप्तान रुविना क्षेत्रीले नेरीलाई साथ दिइन । नेरी २३ र रुविना ७ रनमा अविजित रहिन् ।
यसअघि प्रेम ओभलमा पहिले व्याटिङ थालेको हङकङले २१ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनायो । पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेका यीवले १४ र चान का इङ १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेन्न ।
नेरी थापाले पहिलो विकेट लिएपछि सुरु भएको हङकङको विकेट पतनलाई कुनै पनि व्यट्सवुमनले रोक्न सकेनन् । उसका ५ व्याट्सवुमनले रनको खाता नै खोल्न सकेनन् । सरीता मगरले ५ ओभरमा १३ रन दिएर ४ तथा नेरीले ५ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् । यस्तै करुणा भण्डारीले १ दशमलव ४ ओभरमा २ रन दिएर ३ विकेट लिइन्