कुँवरले किन हानेका रैछन् प्रचण्डलाई झापड ?

१९ मंसिर, काठमाण्डौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वितृष्णा र क्षणिक आवेगमा झापड हानिएको निष्कर्ष गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिले निकालेको छ । गृहस्रोतका अनुसार २ सय पृष्ठ लामो प्रतिवेदनमा शुभकामना आदानप्रदानमा पुगेका कुँवरले आफ्नो पारिवारिक स्थिति सम्झेर आवेशमा आई झापड हानेको उल्लेख छ । झापड प्रकरणमा २७ वर्षीय कुँवरको मात्र संलग्नता पुष्टि भएको उल्लेख छ ।

प्रतिवेदन तयार पार्ने क्रममा कुँवरको प्रभु मनी फाइनान्समा भएको खाताको विवरण र उनले प्रयोग गरेको मोवाइलको विस्तृत विवरण समेत अध्ययन गरिएको थियो । प्रहरीले विभिन्न समयमा कुँवरसंग ५ पटक फरक फरक वयान लिएको थियो । कात्तिक १ देखि मंसिर १ गतेसम्मको फोन रेकर्ड पनि हेरेको थियो । कुँवरसंग सम्पर्क भएका ३१ व्यक्तिलाई वोलाएर सोधपुछ गरेको थियो ।
उता कुँवरले भने आफ्नो परिवार २०५८ सालदेखि माओवादीमा लागेको र त्यसमा माओवादीमा लागेको र त्यसमा पूरै परिवार सखाप भएको वताएका छन् । छानविनसमितिलाई कुँवरले आफू २०६३ सालदेखि माओवादीमा लागेर काम गरेको र २०६३ देखि २०६५ सम्म कतारमा गएरु कन्स्ट्रक्सन को काम गरेर फर्किएको वयान दिएका छन् । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । कुँवरले आफ्ना दाजु टेकवहादुर कुँवरलाई टाउँकोमा लोली लागेको छ भने दिदी प्रतिभालाई हातमा गोली लागेको छ । दाजु टेकवहादुर म्याग्दीको बेनी आक्रमणमा परेर टाउँकोमा लागेको गोली निकाल्न नसक्दा पागलजस्तो हालतमा रहेको उनले वताएका छन् । उनले बीस मिनेट जति लाइनमा बस्दासमेत नेताहरूले भाषण मात्रै गरिरहेपछि त्यो बेला आफ्नो मनमा द्वन्द्वको पीडा बल्झिएर आएको वताएका छन् । ‘लाइनमा बसेका बेला अचानक घर सम्झीएँ, दाजु दिदी र आमाको हालत देखेपछि मन थाम्न सकिँन, उनले भने गुनासो गरौँला भनेर गएको थिएँ, अचानक हात उठेछ, प्रतिवेदनमा भनेका छन्, ‘दह्रै गरी लागेछ क्यारे, प्रचण्डजीको चस्मा भुइँमा झरेको देखेको थिएँ ।’ शुभकामना दिने पहिलो लाइनमा प्रचण्ड भएकाले झापड उनैलाई परेको पनि कुँवरले वताएका छन् ।भिडियो नि हेर्नुस ...