जर्मन सरकारले जनावरसँग यौनसम्पर्क गर्नेलाई २५ हजार युरोसम्मको जरिबाना गर्ने कानुन ल्याउने तयारी गरेको छ । जर्मन संसद्को कृषि समितिले जनावरसँग यौनसम्पर्क राख्ने व्यक्तिलाई लक्षित गरी हालको कानुन संशोधन गर्ने तयारी गरेको हो । यस मुद्दाको अन्तिम मतदान आगामी १४ डिसेम्बरमा जर्मन संसद्को तल्लो सदनमा हुँदै छ ।

जर्मन सरकारले जनावरसँग यौनसम्पर्क गर्नेलाई २५ हजार युरोसम्मको जरिबाना गर्ने कानुन ल्याउने तयारी गरेको छ । जर्मन संसद्को कृषि समितिले जनावरसँग यौनसम्पर्क राख्ने व्यक्तिलाई लक्षित गरी हालको कानुन संशोधन गर्ने तयारी गरेको हो । यस मुद्दाको अन्तिम मतदान आगामी १४ डिसेम्बरमा जर्मन संसद्को तल्लो सदनमा हुँदै छ । जर्मन सरकारले जनावरसँग यौनसम्पर्कलाई सन् १९६९ मा वैधता दिएको थियो, जसमा जनावरलाई दर्दनाक व्यवहार नगर्ने सर्तमा मात्र लागू हुने स्पष्ट पारिएको थियो । तर, पशुको हक-अधिकारका लागि काम गर्ने संघसंस्थाले लामो समयदेखि यस प्रकारको कानुनको विरोध गर्दै आएका छन् । जर्मन संसदीय समितिका हयान्स माइकल गोल्डम्यानले एक स्थानीय पत्रिकासँग कुरा गर्दै नयाँ कानुनको उद्देश्य जनावरसँगको यौनक्रियाकलापमा प्रतिबन्ध लगाउने भन्ने रहेको बताएका छन् । कानुन पारित भएपछि जनावरसँग यौनसम्पर्क राख्ने मानिसलाई सजाय दिन सजिलो हुने र त्यसले जनावरको हित गर्ने बताए । प्रस्तावित विधेयकले प्राकृतिक नियमको विपक्षमा जनावरसँग यौनसम्पर्क गर्ने व्यक्तिमाथि भारी जरिबाना गरिने प्रावधान रहेको छ ।



तर, केही जर्मनी नागरिकले प्रस्तावित कानुनको विरोध गरेका छन् । जुफाइल इन्गेजमेन्ट फर टोलेरेन्स एन्ड इनफरमेसन अर्थात् जिटाका अध्यक्ष माइकल किओकले प्रस्तावित कानुन संसद्बाट पारित भएमा त्यसविरुद्ध अदालतको सहारा लिने बताए । जनावरसँग यौनसम्पर्क गर्नु भनेको उनीहरूको अवहेलना गर्नु नभएको उनले प्रस्टयाए । 'जनवारलाई नोक्सान पुर्‍याएको प्रमाणविना नै कसैलाई सजाय दिनु अन्याय हो,' उनले भने । नेदरल्यान्ड, प|mान्स, स्विजरल्यान्डलगायतका कैयौँ युरोपेली मुलुकमा जनावरसँग यौनसम्पर्क गर्न प्रतिबन्ध लगाइएको छ । बेलालयतमा जनावरसँग यौनसम्पर्क गर्नेलाई आजीवन कारावासको सजाय गर्ने प्रावधान भए पनि सन् २००३ मा यसलाई घटाएर दुई वर्ष कायम गरिएको छ । तर बेल्जियम, डेनमार्क तथा स्विडेनमा भने जनावरसँग यौनसम्पर्क गर्न छुट दिइएको छ ।