कसिलो जीउमा…..आइटम डान्स !

डाक्टर साब लाइदेउ न प्रेमको सुई काउकुती लाग्यो खप्नै सकिन, जीउभरि लाग्यो फुई

काठमाण्डौको एक होटलमा सोमबार बेलुकी ८ बजे पुग्दा अनौठो गीत घन्कँदै थियो । गीतमा मोडल खुश्बु राणा नृत्य गर्दै थिइन् । उनलाई ‘एक्सन कट्’ भन्दै नृत्य गर्न सिकाउँदै थिए नृत्य निर्देशक अमर खड्का प्रसंग हो चलचित्र ‘प्राणभन्दा प्यारो’को । कमलकृष्णको निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रको सोमबार बेलुकी एक आइटम गीतको छायांकनसँगै सुटिङ सकिएको छ । ३५ दिनको सेड्युलमा छायांकन सकिएको यो गीतको आइटम गीतमा नव कलाकार राजु पुडासैनी र अनामीका चौलागाईले पनि नृत्य गरेका छन् । चलचित्रका मुख्य पात्र नै राजु र अनामीका हुन् । चलचित्रमा यी दुईका अतिरिक्त कमलकृष्ण र विष्णु सापकोटाको पनि अभिनय छ ।भिडियो हेर्नुस ..