पुरुषको वीर्यमा के छ त्यस्तो महिला खुसी बनाउने ?

मानिसमा भएका अनेक तन्तुका अनेक गुण हुन्छन्, अनेक फाइदा पनि हुन्छन् । शरीरको तापक्रमले पनि महिला पुरुष समागमको बेला केहि न केहि प्रभाव पारिरहेको हुन्छ भनिन्छ । पुरुषको वीर्यको मद्दतले सन्तान उत्पादन मात्रै होइन, अर्को गजबको फाइदा पनि हुँदो रहेछ ।

पुरुषको वीर्य कुनै गुण नभएको त पक्कै हुँदैन होला ? अरु गुणहरुलाई छोडेर हालै गरिएको एक अध्ययनले पुरुष वीर्यमा महिलाको खिन्नतालाई प्रसन्नतामा रुपान्तरण गरिदिने रसायन भएको तथ्य फेला पारेको छ । 
न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।