विश्वकै सेक्सी डिजेसँग न्यू इयर इभ

काठमाडौ, पुस १६ - अंग्रेजी नयाँ वर्ष मनाउनेले यस पटक फरक स्वाद लिए, विश्वकै सेक्सी डिजेसँग । नयाँ वर्षको स्वागत गर्न जर्मनीबाट आएकी डिजे मारी फरारीलाई सोमबार रातिदेखि मंगलबार बिहानसम्म ह्यात होटलमा तन्नेरीले साथ दिए । 'सगरमाथाको देशका युवायुवतीसँग नयाँ वर्ष मनाउँदै छु' कार्यक्रम अघि उनले फेसबुक पेजमा लेखेकी थिइन् । जमर्नबाट दोहा हँुदै आइतबार साँझ काठमाडौं ओर्लिएकी उनलाई भारतीय डिजे हरसितले पनि साथ दिए । दरबारमार्गको ओडिसीले ह्यात होटलको बल रुमलाई डिस्को थेग बनाएको थियो, जहाँ युरोपबाटै ल्याइएका डान्सर पनि थिए । 'नेपालमै यस्तो पहिलो न्यूएयरइभ हो,' ओडीसी प्रमुख सिमान्त गुरुङले भने । यसअघि क्यानेडेली रक गायक ब्रायन एड्म्स, डेनिस पप ब्यान्ड एमएलटीआर र पाकिस्तानी गायक आतिफ आस्लमलाई ल्याइसकेका उनले कार्यक्रममा १ हजार दर्शक आएको दाबी गरे । युरोप र अमेरिकाका चर्चित क्लबमा हाउस म्युजिक विधामा डिजेइङ गरेकी मारीसँग फेसन टीभी, प्लेवाई म्यागाजिन, फरमुला वान -दुबही) लगायत विशेष कार्यक्रम डिजेइङ गरेको अनुभव छ ।

प्रकाशित मिति: २०६९ पुस १७ ०८:५२