दैलो छोएको आरोपमा कुटिएका घाइतेको उपचार कठिन
दैलेख, कात्तिक ७ - घरको मूलदैलो छोएको आरोपमा हँसियाले प्रहार गरी घाइते बनाइएका सल्लेरी गाविस-८ सामाटोलका ४१ वर्षीय भीमबहादुर विक दैलेख अस्पतालमा उपचार हुन नसकेपछि अचेत अवस्थामै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ।
शुक्रबार साँझ ७ बजेतिर गाउँकै आफन्तको घरबाट फर्किने क्रममा बाटोमा पर्ने सोही वडाको गल्फाटोलका दत्तबहादुर बस्नेतको घरमा उज्यालो गराउने दियालो माग्न जाँदा दलित भएर पनि घरको मूलद्वार नाघेको भन्दै गरिएको हँसिया प्रहारबाट विक घाइते भएको हो।
चोट लागेदेखि बेहोस भएका भीमबहादुरलाई शनिबार नौमूले प्राथमिक उपचार केन्द्रमा लिइएकोमा त्यहाँ सम्भव नभएकोले हिजोमात्र दैलेख जिल्ला अस्पतालमा ल्याइएको र टाउकाको सिटिस्क्यान गर्न नेपालगन्ज सिफारिस गरिएको दैलेख अस्पतालका निमित्त प्रमुख डा सुशील भण्डारीले बताए।
पीडितका परिवारजनले घाइतेको उपचार र दोषीलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्। आरोपी बस्नेतलाई इलाका प्रहरी कार्यालय नौमूलेले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिसकिएको दैलेखका प्रहरी प्रमुख सुदर्शन थापाले जानकारी दिए।