नुवाकोटमा सडक दुर्घटना ४ जनाको मृत्यु, १२ घाइते

९ कात्तिक, नुवाकोट । नुवाकोटको वेलकोटमा गएराती भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाएका ४ जना मध्ये ३ जनाकोमात्र परिचय खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा काठमाण्डौँ १६ की ४० बर्षकी चादँनी घिमिरे, १४ बर्षकी जुनि घिमिरे र काठमाण्डौँको कुमारीगालकी ८३ बर्षकी टिकादेवि नेपाल रहेका छन् । अर्का एक युवकको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् । घाइते सबैको काठमाडौँको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

काठमाण्डौंबाट त्रिशुली जाँदै गरेको बा १ ज ९७५७ नम्बरको माइक्रो बस बुधबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा दशैंको टिका लगाउन आफन्तकोमा गएका यात्रुहरु सवार रहेका थिए ।