ओस्कार अवार्ड विजेता बर्गनिनको देहान्त
ओस्कार अवार्ड विजेता हलिउड अभिनेता अर्नेस्ट बर्गनिनको मृतु भएको छ । मृगौला ड्यामेज भएपछि ९५ वर्षीय बर्गनिनको लस एन्जल्स स्थित एक अस्पतालमा निधन भएको हो । बर्गनिनले द डर्टी डजन, आइस स्टेशन जेब्रा, मेकहेल्स नेवी तथा द वाइल्ड बन्च लगायतका फिल्ममा अभिनय गरेका थिए ।
