• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal








भन्न त भनिन्छ, नाममा के छ र ? तर, नेपाली चलचित्रका कलाकारका निम्ति नाममा धेरै थोक छ । विगतदेखि वर्तमानसम्मका नायक र नायिकालाई हेर्दा अधिकांश आफ्नो वास्तविक नाम लुकाएर नयाँ नाममा स्थापित भएका छन् । उनीहरूको वास्तविक नाम नगण्यलाई मात्र थाहा होला । यी कलाकार ठान्छन्– बाबुआमाले राखिदिएका नाम परम्परागत हुन्छन्, लामा हुन्छन् र जमानाअनुसार असुहाउँदा । त्यसैले आधुनिक बन्ने होडमा उनीहरू चलचित्रमा पाइला राख्नासाथ सबैभन्दा पहिले आफ्नो नाम फेर्छन् ।


नायिका नन्दिता केसीलाई चिन्ने धेरै छन् तर शोभा केसीलाई कतिले चिन्छन् ? चलचित्रमा आउनुअघिकी शोभा केसी नै चलचित्रमा आएपछि नन्दिता बनेकी हुन् । इन्द्रेणी चलचित्रबाट अभिनयमा प्रवेश गरेकी उनले सोही चलचित्रबाटै ‘शोभा’ लाई थन्क्याएर ‘नन्दिता’ लाई अघि बढाइन् । कलाक्षेत्रका सबैले उनलाई नन्दिता भनेरै चिन्छन्, यही नामले बोलाउँछन् ।

अर्की अभिनेत्री उषा पौडेलको वास्तविक नाम पनि अर्कै छ । परिवारले राखिदिएको उनको नाम हो– रुक्मिणीकुमारी पौडेल । यो नामले उनलाई चलचित्र क्षेत्रमा कसैले चिन्दैन ।

उनीहरू मात्र होइन, चलचित्रमा प्रवेश गर्नासाथ नाम फेर्ने कलाकार अरू पनि थुप्रै छन् । ‘अरूले चाहिँ किन फेरे थाहा छैन तर मेरो मामिलामा चाहिँ मैले आफैँले फेर्छु भनेर फेरको होइन,’ नन्दिताले भनिन् ।

इन्द्रेणीमा आफूले निर्वाह गर्ने पात्रको नाम नन्दिता भएको र युनिटका सबैले उनलाई त्यही नामले बोलाउन थालेकाले पछि पनि त्यसैलाई निरन्तरता दिएको उनले सुनाइन् । ‘यो नाम मेरो चलचित्रको सुरुमै लकी साबित भयो, त्यसैले निरन्तरता दिएँ,’ उनी भन्छिन् । तर, नागरिकता, पासपोर्टलगायतमा भने शोभा केसी नै उल्लेख गरिएकाले विदेश जानुपर्दाचाहिँ केही झन्झटिलो हुने गरेको उनले बताइन् ।

नाम परिवर्तन गर्ने नेपाली कलाकारको सूचीमा प्रारम्भतिर फर्कने हो भने माइतीघरका नायक सिपी लोहनी पनि भेटिन्छन् । उनको खास नाम चन्द्रप्रकाश लोहनी हो । नामको अगाडिका अंग्रेजी अल्फाबेट जोडेर उनले आफ्नो नाम छोट्याए र बनाए– सिपी ।

नाम परिवर्तनले केही व्यावहारिक अप्ठ्यारा निम्त्याए पनि यसलाई नकारात्मक रूपमा हेर्न नहुने बताउँछिन्, नायिका गरिमा पन्त । ‘प्राय: सबै देशका कलाकारका दुइटा नाम हुन्छन्, त्यस कारण नेपालमा पनि सामान्य नै हो,’ उनले भनिन् । गरिमाको खास नामचाहिँ कमला रहेछ । नयाँ करिअरको थालनी नयाँ नामबाटै गरौँ भनेर आफूले आफूलाई गरिमा बनाएको उनले सुनाइन् । चलचित्र क्षेत्रमा आफ्ना लागि शुभ साबित भएकाले यही नामलाई निरन्तरता दिने सोचाइमा छिन् उनी । तर, घरमा चाहिँ सबैले उनलाई कमला भनेरै बोलाउँछन् रे †

नाम परिवर्तन गर्ने नायिकाको सूचीको अघिल्लो पंक्तिमा हेर्ने हो भने नायिका करिस्मा मानन्धरको नाम पनि भेटिन्छ । पहिलो चलचित्र सन्तानमा अभिनय गर्नुअघि उनको नाम थियो– बुनु केसी । तर, अहिले यो नाम उनी आफैँले पनि बिर्सिसकिन् होला । सन्तानका निर्देशक स्व. प्रकाश थापाले उनलाई बुनुबाट करिस्मा बनाइदिएका थिए । आखिरमा बुनुका लागि करिस्मा नै फलिफाप सिद्ध भयो र लामै समय नायिकाका रूपमा एकछत्र राज गर्न सफल भइन् । त्यसै ताकाकी अर्की अभिनेत्री कृष्टि केसीको वास्तविक नाम पनि अर्कै छ । उनी हुन्, मीना खत्री । निर्मात्री एवं अभिनेत्री मौसमी मल्लले पनि यो नाम चलचित्र क्षेत्रबाटै पाएकी हुन् । भारतमा नायिका मौसमी चटर्जी बोलवाला चलिरहँदा उनी यो नामबाट प्रभावित भएकी हुनसक्छिन् । नत्र त यी नायिकाको खास नाम विष्णुमाया ठकुरी हो ।

प्रेयसीबाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघिसम्म सुनीता मानन्धरका नामले चिनिन्थिन् नायिका मेलिना मानन्धर । यसै चलचित्रबाट सृष्टि शर्मा बनिन्, सुनीता खड्का पनि । अहिले चलचित्र पाउन छाडेपछि म्युजिक भिडियोमा देखिने गरेकी नायिका सिर्जना बस्नेतको खास नाम सुनीता बस्नेत हो । टेलिचलचित्र खेल्दासम्म ज्योति खड्काका नामले चिनिँदै आएकी ज्योति खड्का चलचित्रमा प्रवेश गर्नासाथ जेसिका खड्का बनिन् ।

त्यस्तै स्व. नायिका गीता सुनुवार पनि चलचित्रमा आएदेखि नै गीताञ्जलीका नामले चिनिइन् । अहिले विदेशमा रहेकी एकताकाकी सफल नायिका सारंगा श्रेष्ठलाई घरपरिवारले शारदा नाम राखिदिएका थिए । विदेशमै रहेकी नायिका पूजा चन्दको खास नाम राधिका परियार हो । सोल्टिनी चलचित्रबाट नायिका बनेकी मेघा पोखरेल त्यसअघि विमलाका नामले चिनिन्थिन् । चलचित्रमा आए पनि चर्चा कमाउन नसकेकी शोभा क्षत्रीले ‘आराधना’ नाम लिएर भाग्य चम्काउने प्रयास गरेकी थिइन् । नेपालभाषाको लोकप्रिय चलचित्र राजमतीमा अभिनय गरेर चर्चा बटुलेकी हीराशोभा महर्जन यसै चलचित्रबाट हिसिलाको नामबाट चिनिइन् । परिवारले राखिदिएको नामा लामो तथा अप्ठ्यारो हुने भएकाले कलाकारले नाम फेरेको हुनसक्ने निर्देशक शिव रेग्मी बताउँछन् । भन्छन्, सजिलो नाम भए सबैले सजिलैसँग सम्झन सक्छन् ।

पुराना मात्र होइन, नयाँ नायिका पनि नाम फेर्ने मामिलामा अगाडि नै छन् । केही समयदेखि चलचित्र अभिनयबाट हराएकी अभिनेत्री प्रेरणा शर्मा आफ्नो गाउँमा विष्णुमाया परियारका नामले चिनिन्छिन् । जानुका केसी चलचित्र क्षेत्रमा प्रवेश गर्नेबित्तिकै जेनिसा केसी बनिन् । बसाइँ चलचित्रमा अभिनय गरेकी रन्जु लामिछाने खासमा रञ्जना हुन् । स्वीकृति भट्टराईले आफ्नो नामलाई छरितो बनाउन ‘कृति’ का रूपमा छोटयाइन् । पूजा प्रधानले नामथरै चेन्ज गरिन्–पूजना स्त्री ।

अमेरिकामा लुकेर उतै बिहे गरेकी युना उप्रेतीलाई यमुना भन्यो भने फिल्म क्षेत्रमा कमैले चिन्लान् । तर, उनको परिवारले राखिदिएको नाम त्यही हो । एटिएमको प्रोमोमा छाडा शब्द बोलेर विवादमा आएकी जमुना केसी ‘जानु’ हुँदै अहिले जिया केसी बनेकी छन् ।

आफ्नो वास्तविकता लुकाउने तथा जे हो त्योभन्दा बढी देखाउने प्रवृत्तिले गर्दा नायिकाहरूले नाम फेर्ने गरेको हुनसक्ने धारणा राख्छन् निर्माता राजेन्द्र थापा । भन्छन्, ‘यस क्षेत्रमा आफ्नो वास्तविकता ढाँटेर आउने धेरै छन्, त्यसैले उनीहरूले नाम फेरेका हुन् ।’

नाम फेर्ने मामिलामा अभिनेत्री मात्र होइन, अभिनेता पनि कम छैनन् । कहिले नायक त कहिले खलनायक बनेर अभिनय गर्ने दिनेश शर्मा पहिले आफूलाई आशिष शर्मा भनेर पनि चिनाउँथे । तर, उनको वास्तविक नाम जयराम केसी हो । त्यस्तै, लेखनाथ सापकोटा अहिले कलाकार सम्राट सापकोटाको नामले परिचित छन् । कलाकार सबिन बाँस्तोलाको नाम ‘गिरिधारी’ हो । लामो समयदेखि कलाक्षेत्रमा समर्पित शूरवीर पण्डितलाई घरमा केशव भनेर बोलाउँछन् । नायक रमित ढुंगानाको नाम राधेश्याम हो । निखिल उप्रेतीको नाम दिनेश हो । त्यस्तै, अर्का नायक विराज भट्टको खासमा भोजराज हुन् । लामो समय चलचित्र क्षेत्रमा संघर्ष गर्दा पनि उपलब्धि हात नलागेपछि उनले नाम फेरेका हुन् । हुन पनि विराज बनेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । केही वर्षअघिसम्म हरिकृष्ण सिग्देल नामले चिनिने गरेका कलाकार हुन्, अहिलेका आर्यन सिग्देल । सुरज रामदामले पनि आफ्नो थर आरडी बनाए । नवल खड्का स्कुलमा नवराज भनेर चिनिन्थे । निर्माता तथा नायक रोज राणाको वास्तविक नाम सरोज थापा हो ।

फाइट डाइरेक्टर नानीबाबु महर्जनले नाम छोट्याएर एनबी बनाए । यसरी नाम फेर्नु सामान्य भएको बताउँछन् अभिनेता सम्राट सापकोटा । ‘विदेशमा पनि कलाकारले नाम परिवर्तन गर्छन्, यहाँ पनि त्यही कपी गरिएको हो’, उनी भन्छन् । कलाकारले चर्चाका लागि नाम फेरे पनि उनीहरूलाई अपराधी प्रवृत्ति भएकाहरूले नाम फेरेजस्तो दृष्टिले हेर्न नहुने उनी बताउँछन् ।

त्यसो त नेपालमा साहित्यकारले साहित्यिक नाम राख्ने क्रमसँगै पछिल्लो समय कलाकारले पनि नाम फेर्न थालेका हुन् । तर, कलाकारको नाम उति साहित्यिक लाग्दैन । तैपनि, ‘क्याची’ नाम राख्न सकियो भने समाजले सजिलै याद राख्नसक्ने उनीहरूको बुझाइ छ । कतिले चाहिँ भाग्यमा विश्वास गर्दै ज्योतिषीय सल्लाहमा नाम फेरेका हुन्छन् । त्यसैगरी दलित समुदायका कलाकार भने दलित थर राखेर अघि बढ्न गाह्रो पर्ला कि भन्ने आशंकामा नाम परिवर्नत गरिरहेका भेटिन्छन् । जुन अहिलेको खुला युगमा सान्दर्भिक लाग्दैन । आखिरमा नाम जति फेरे पनि कलाक्षेत्रमा टिक्नेहरू कला अनि क्षमताकै भरमा अघि बढेका देखिन्छन्, नामका आधारमा होइन । नाम फेरेका तर क्षमता नभएकाहरू पाखा लागेकै छन् । त्यसैले नामभन्दा पनि काम राम्रो गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँछन् नाम नफेरेका चलचित्रकर्मीहरू ।

नयाँ नाम            पुरानो नाम

करिस्मा मानन्धर-  बुनु केसी
नन्दिता केसी -शोभा केसी
उषा पौडेल -रुक्मिणीकुमारी पौडेल
सीपी लोहनी -चन्द्रप्रकाश लोहनी
गरिमा पन्त -कमला पन्त
कृष्टि केसी -मीना खत्री
मौसमी मल्ल- विष्णुमाया ठकुरी
मेलिना मानन्धर -सुनीता मानन्धर
सुनीता खड्का- सृष्टि शर्मा
सृजना बस्नेत- सुनीता बस्नेत
जेसिका खड्का -ज्योति खड्का
गीताञ्जली- गीता सुनुवार
सारंगा श्रेष्ठ- शारदा श्रेष्ठ
पूजा चन्द- राधिका परियार
मेघा पोख्रेल -विमला पोख्रेल
हिसिला महर्जन -हीराशोभा महर्जन
प्रेरणा शर्मा -विष्णुमाया परियार
जेनिसा केसी -जानुका केसी
रञ्जु लामिछाने- रञ्जना लामिछाने
कृति भट्टराई -स्वीकृति भट्टराई
पूजना स्त्री -पूजना प्रधान
युना उप्रेती -यमुना उप्रेती
जिया केसी -जमुना केसी
दिनेश शर्मा -जयराम केसी
सम्राट सापकोटा -लेखनाथ सापकोटा
सबिन बाँस्तोला -गिरिधारी बाँस्तोला
शूरवीर पण्डित -केशव पण्डित
रमित ढुंगाना -राधेश्याम ढुंगाना
निखिल उप्रेती- दिनेश उप्रेती
विराज भट्ट- भोजराज भट्ट
आर्यन सिग्देल- हरिकृष्ण सिग्देल
सुरज आरडी -सुरज रामदाम
नवल खड्का -नवराज खड्का
रोज राणा -सरोज थापा
एनबी महर्जन -नानीबाबु महर्जन
१८ वैशाख, काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१४ को नजिता बुधबार राति सार्वजनिक हुँदैछ । नजिता www.dvlottery.state.gov मा उपलब्ध हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।



। सन् २०१३ अक्टोबरमा थप नतिजा प्रकाशित हुनसक्छ । डिभी-२०१४ को लागि दर्ता अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म खोलिएको थियो । डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी नगराइने भन्दै दूताबासले जालसाजीपूर्ण ईमेल र चिट्ठीबारे होशियार रहन अपील गरेको छ ।
भिडियो क्लियर हेर्नको लागि माथि बक्समा जानुहोस् ।


भाग- २


भाग- २  हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला
भिडियो क्लियर हेर्नको लागि माथिको बक्समा जानुहोस् ।






पुरा भिडियो तल बक्समा डबल क्लिक गरी पछाडि आउनुहोला
Afghanistan plane crash, 7 Americans killed =========================================== Building model planes and working on real ones comprised Gary Stockdale's passion, filling the family's basement with models in his youth, jumping into aviation as a career at age 16 and later working at two Detroit area airports




रामचन्द्र नेपाल

क्वालालम्पुर । विश्वभरी मजदुर दिवस मनाईरहदा मलेसियामावाट घर र्फकनको लागि यात्रा अनुमति पत्र लिएर वसिरहेका वगहि-३, वाराका राजेन्द्र वैठालाई मजदुर दिवसले छोएन । चार महिना अगाडि मलेसिया आएका वैठा नेपाल र्फकने तयारी गर्दैछन् । १ लाख २० हजार रुपैयाँ वुझाएर मलेसिया आएका उनले दिनमा २२ घण्टा सम्म नियमित काम गर्नुपरेपछि हार खाएर कम्पनी छाडेर भागेका हुन् । मलेसिया आएर काम गरी घर पैसा पठाउनु त परै जाओस वैठाले मलेसियामै करिव ४० हजार ऋण बोकेका छन् । आफ्नै सहोदर दाजुसंग मलेसियन १५ रिंगेट सापटि लिएर कागजपत्र वनाईवरी उनी नेपाल र्फकने तयारी गरिरहेका छन् । २६ वर्षीय वैठाको दुई छोरा र एक छोरीलाई राम्ररी पढाउने र परिवारलाई सुखदिने सपना यतिवेला हराएको उनलाई लाग्दैछ । अव कुनै पनि देश नजाने उनले संकल्प लिएका छन् । वरु गाउँमै खेतिपाति गर्छु तर विदेश जादिन उनको भनाई छ ।



सर्लाही रामवन-९ का राम अधरको उमेर भर्खर २० वर्षको मात्रै भएको छ । डेढ वर्ष अगाडि मलेसिया छिरेका उनी एक वर्षदेखि अवैधानिक भएर काम गरिरहेका थिए । नेपाल र्फकनको लागि दूतावासले दिएको यात्रा अनुमति लिएर नेपाल र्फकनको लागि थप प्रकृयाको पर्खाइमा छन् । घरको एक्लो छोरा रामले पनि मलेसिया आउँदा लिएको ऋण तिर्न मात्रै भ्याएका छन् । घरमा पैसा पठाउनु पर्देन वरु तिमी आउ भनेर वारम्वार घरवाट भनेपछि उनी नेपाल र्फकन थालेका हुन् । सवै गाउँलेहरुको लहैलहमा लागेर उनी मलेसिया आएका हुन् । मलेसिया आएपछि उनले भनेजस्तो काम पनि पाएनन । पाम आयलको काम थियो म जस्तोले कहाँ काम गर्न सक्नु एक वर्षमै भागे उनी पुराना कुरा वताउछन् । गाउँमै इलम सिकेर काम गर्ने हो भने विदेशमा झै पैसा कमाउन सकिने उनको उनको ठम्याई छ । मजदुर दिवसको वारेमा उनलाई पनि कुनै पत्तो छैन ।



पाल्पा सिलुवाको मन वहादुर थापा पनि मलेसिया छिरेको तीन वर्ष पुरा भयो । तर उनले न त पैसा कमाउन नै सके न त घर र्फकन नै सकेका छन् । महिना दिन भरी काम गर्दा आउने पैसा खाना खर्च, टेलिफोन र अन्य काममा खर्च हुँदा पैसा वचाउन सकेका छैनन । तीन वर्ष अगाडि ९० हजार रुपैया वुझाएर मलेसिया आएका उनले साहु र व्याज गरेर १ लाख ३० हजार वुझाएपछि घर र्फकने अवस्थानै नभएपछि अझै एक वर्ष वस्ने सोचाईमा छन् । अझ एक वर्ष यहि वस्छु अनि घर खर्च वनाएर घर र्फकन्छु उनको भनाई छ । सल्यान मुलखोला-७, का वीर वहादुर खत्रीलाई भाईको पिरले सताउन थालेको छ । तेह्र महिना अगाडि घरपरिवारवाट टिका लगाएर संगै निस्किएका इनामदार खत्रीले दुई महिना अगाडि देखि कम्पनी छाडेर हिडेपछि दाई चिन्तित वनेका हुन । आइतवार क्वालालम्पुरमा भेटिएका दुई दाजुभाईले सोमवार फेरी भेट्ने गरी वाचा गरेको भएपनि आईतवार राती भाईले दाई मलाई कम्पनीले निकालिदियो । म जंगलमा छु भनेर फोन गरेका थिए । सोमवार विहान देखि उनको फोन वन्द भएको कारण दाजु विर वहादुर निकै चिन्तित भएका छन् । मजदुर दिवसको दिन दिनभरी भाईलाई खोज्न निस्किएको भएपनि उनले भाईका कुनै सुईको पाउन सकेका छैनन ।



गएको नोभेम्बरमा मलेसिया आएका मोरङका सुर्य गौतमलाई पनि मजदुर दिवसले छोएको छैन । नेपालमा मेनपावरले ५४६ बेसिक र ओभर टाईम र खानलाई दाल भात र तरकारी चाँही आँफै किन्नु पर्ने भनेको भएपनि उनले त्यो सुविधा पाउन सकेनन् । दुई महिना अगाडि देखि काम छोडेर साथीभाईको सहयोगमा वसिरहेका उनलाई पनि मजदुर दिवसले छोएन । कम्पनीमा काम गर्न छाडेको २ महिना भै सक्दा पनि उनको समस्या समाधान गर्न न मेनपावरले ध्यान दिएको छ न त कम्पनीले नै । बरु उल्टै नेपाल र्फकने भए २४ सय ५५ रिंगेट देउ घर फर्काइ दिन्छु भन्ने गरेका कारण सम्वन्धित निकायको खोजीमा लागेका छन् उनी ।
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • त्रिविमा विज्ञान विषयमा चार वर्षे स्नातक सुरु
  • एकैपटक पाँच शिशु जन्माइन यि २३ वर्षीया महिलाले!! (फोटोफिचर र भिडियोसहित)
  • ट्युसन पढ्न गएकि छात्रा माथि यौन दुर्व्यबहार..
  • Harke Haldar(हर्के हल्दार) - 26 May 2013
  • पुरूषको यो बानीले महिलालाई भूतुक्कै बनाउँछ
  • सुक्क सुक्क गर्दै रोए नायक राजेश हमाल
  • सूर्यमा अकल्पनीय घटना हुँदै ! नासाका वैज्ञानीकाहरु नै चिन्तित
  • जेठाजुले प्रहार गरेको दाउराले लागेर बुहारीको ज्यान गयो
  • बाथरुम सेक्समा रम्ने सिंगापुरे लाइफ
  • सामान्य बिमारीले कोरियाका नेपाली मानसिक तनावमा
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home