• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
१८ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भटट्राईले एमालेले नेपाली कांग्रेससँग चुनावी गठवन्धन गर्नु आत्महत्यासरह हुने बताउनु भएको छ ।



मजदुर दिवसको अवसर पारेर इटहरीमा बुधबार आयोजित आमसभामा भट्टराईले एमाओवादी नेतृत्वको मोर्चामा आउन एमालेलाई प्रस्ताव समेत गर्नुभयो । ‘कांग्रेससँग गठवन्धन गर्नु भनेको दाहसंस्कार गर्नु हो, यो आत्महत्यासरह हुन्छ ।’ उहाँले भन्नुभयो-’माओवादी नेतृत्वको बृहत मोर्चामा आउनुको विकल्प छैन ।’ भट्टराईले अब बाख्रा, बाख्रातिर र भेडा, भेडातिर हुने बेला आएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीलाई कम्तिमा १० वर्ष शासन चलाउन दिने हो भने देशलाई आमूल परिवर्तन गर्ने खाका रहेको बताउनुभयो । अब एमाओवादीको नेतृत्वमा मात्रै देशको भविश्य सुरक्षित हुने उहाँले दाबी गर्नुभयो ।
भुतले खान पस्किने र लाशसँगै बसेर खानुपर्ने होटलका बारेमा हामीले विचित्र संसारमा केही दिन अघि खबर प्रकाशन गरेका थियौँ । आज हामीले तपाइँलाई फेरी अर्को त्यस्तै अनौठो होटलको परिचय गराउँदै छौँ जहाँ छिरेपछि केवल खाना मात्र होइन सुन्दै कन्सिरी तात्ने र रगत उम्लिने चिज पनि मन नलागी नलागी खानर्ैपर्छ । यसरी मन नलागी नलागी खानुपर्ने चिज भनेको गाली नै हो । वास्तविक कुरा के भने त्यो होटलमा खानासँगै आमाचकारी गाली पनि सुन्नुपर्छ ।



होटलको नारा नै छ कि खाना भए खाउ नभए भाँडमा जाउ । अमेरिकाको शिकागो नजिकै रहेको लिंकन पार्कस्थित भेनस र्सर्किल नामको उक्त होटलमा यस्तो अनौठो घटना भोग्नपर्छ । यो होटल विभिन्न खालका परिकारका लागि जति चर्चित छ त्यहाँ पाइने गालीका लागि झनै चर्चित छ । हरेक हप्ताको अन्तिम दिन यस्तो गाली दिने चलन छ होटलमा । यो होटलमा निकै हसिमजाक पनि हुन्छ । ग्राहकहरु कफि शेक माग्नुको साटो महिला वेटरसँग भन्छन्, सेक योर बुब्स अर्थात् त्रि्रा स्तन हल्लाउ । ग्राहकको चाहना मुताविक वेटरे आफ्ना वक्षस्थल देखाएर हल्लाउँछन् र त्यो बापत इनाम माग्छन् । यस्तोमा २० डलर इनाम दिनु सामान्य जस्तै हुन्छ । यहाँ आउने ग्राहकहरु मालिकसँग, कर्मचारीसँग तथा आफूआफूमा झैझगडा गर्नु, गाली गलौज गर्नु सामान्य हो । यो रात्रीकालिन होटलमा रातिसम्मै गाली गरागर हुन्छ तर कुटाकुट भने कुनै हालतमा हुन पाउँदैन ।

अमेरिकामा डिक्सलास्ट नामको रिसोर्ट पनि छ । यहाँको चलन झनै अनौठो छ । त्यहाँ ग्राहक छिर्ने बित्तिकै उसको आलोचना गरिन्छ र झगडा गर्न उक्साइन्छ । यो रेष्टुरेन्टमा यतिसम्म हुन्छ की ग्राहकको कपाल भुत्लाइन्छ, कपडामा फोहोर फ्याँकिन्छ, खाइरहेको बेला टेबुलमा कागज फ्याँकिन्छ, ग्राहकलाई पक्रेर बाँधिन्छ पनि । यी सबै काम हँसिमजाकमा भएका हुन्छन् त्यसैले रिसराग नभई स्वस्थ मनोरञ्जन प्राप्त गरिन्छ । रक्सीको नशाले मात्तिएका ग्राहकले आफुलाई गरेको आमाचकारी गालीको समेत कुनै इख लिने कुरै भएन ।
नायक आर्यन सिग्देलले एक कार्यक्रममा प्रेमिकालाई नै लिएर गएपछि यसको चर्चा बजारमा निक्कै चल्यो । अनलाइनखबर मार्फत आर्यन र उनकी प्रेमिकाको तस्बिर सार्वजनिक भएपछि यसले सर्वत्र चर्चाको बिषय पायो । जोरपाटी निवासी सपना भण्डारीसँग आर्यन २ बर्षयता प्रेममा डुबेका छन् । सपना र आर्यन अहिले प्रायसँगै हुने गर्छन् ।



आर्यनसँगको प्रेमको बारेमा खुलेरै कुरा गर्ने सपनाले अनलाइनखबरसँग पनि कुराकानी गरेकी छिन् । उनीसँग अनलाइनखबरले गरेको छोटो कुराकानी यसप्रकार छ :

१. कसरी भेट भयो आर्यनसँग ?

आर्यन र मेरो भेट फेसबुक मार्फत भएको हो । फेसबुकमा उहाँले रिक्वेष्ट पठाएपछि कुरा हुन थालेको हो ।

२. प्रपोज पहिले कसले गर्‍यो त ?

प्रपोज उहाँले नै पहिले गर्नु भएको हो ।

३. फेसबुकमा कुरा भएको कत्ति समय पछि प्रपोज गर्नु भयो त ?

हामीले फेसबुकमा कुराकानी गर्न थालेको ९ महिना पछि मात्र भेटेका हौ । फेसबुकमा नम्बर साटासाट भएपछि लामो समयसम्म फोनमा कुरा भयो ।

४. आर्यन सिग्देललाई नायकको रुपम चिन्नुभएको थियो ?

उहाँलाई फेसबुकमा भेट्नु भन्दा १ महिना अघि हिरो हो भन्ने थाहा पाएको थिए ।

५. आर्यन सिग्देललाई त सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्छन् नि थाहा पाउनु भएको छ ?

मैले पनि धेरै सुनेको छु । तर मैले उहाँसँग संगत गरिसकेपछि त्यस्तो पाइन । उहाँको व्यवहार धेरै मन पर्‍यो मलाई ।

६. अब बिहे गर्ने योजना पनि त होला नि हैन ?

पक्कै पनि हामीले सल्लाहा गरिसकेका छौ । हामी १ बर्ष भित्रमा बिहे गर्छौ ।

Source:onlinekhabar







गृहयुद्ध चलिरहेका बेला 
सेनाले विद्रोही भएको आरोपमा महिलाहरुलाई अपहरण गरेर बलात्कार गर्ने तथा हत्या समेत गर्ने गरेका समाचार हामीले सुन्दै आएका हौँ । यस्तो मामिलामा व्रि्रोही समूहका सेनाहरु पनि लागिपरेकै हुन्छन् । तर जिम्बाबेमा भने एक सैनिकलाई महिलाहरुले नै अपहरण गरी बलात्कार गरेको खबर र्सार्वजनिक भएको छ ।



२५ वर्षा ति सैनिकलाई महिला बलात्कारीको समूहले अपहरण गरी ४ दिनसम्म बलात्कार गरेको र त्यसपछि मात्र मुक्त गरिदिएको समाचार छ । प्रहरीले घटनाको पुष्टि गर्दै अपराधीहरुको खोजी भैरहेको जनाएको छ ।

समाचार अनुसार अप्रिल महिनाको १९ गतेको राति कारमा चढेर आएका महिला बलत्कारी अपहरणकारीले ती सैनिकलाई गाडिमा लिफ्ट दिने बहानामा अपहरण गरे । अपहरणकारी महिला बलात्कारीसँगै गाडिमा केही पुरुष पनि रहेका र पछि आफुलाई गाडीबाट ओरालिदिन आग्रह गर्दा चक्कु देखाएर धम्काएका ती पीडित सैनिकका भनाइ छ । उनलाई त्यसपछि आँखामा कालोपट्टी बाँधेर एक अपरिचित घरमा लगेछन् ।

त्यसपछि एउटा कोठाभित्र लगेर ती सैनिकका लुगा सबै फुकालेर नांगै पारेछन् र उनको मोबाइल र उनीसँग भएको पैसा पनि लुटेछन् । त्यसपछि विभिन्न महिलासँग पटकपटक उनलाई सेक्स गर्न बाध्य पारियो । ५ दिनसम्म मज्जा लुटेपछि ती सैनिकलाई महिला बलात्कारीले दंगाम्बुरा पर्वतीय क्षेत्रमा लगेर छाडेका थिए । बलात्कारीहरुले ती सैनिकको देब्रे खुट्टामा ढुंगाले हानेर गहिरो चोट समेत लागेको बताइएको छ ।
१८ बैशाख, काठमाडौं । एमाओवादीका नेता रामचन्द्र झाले आफूले एमाले परित्याग गरेका दिन झलनाथ खनालले किन ढाड भाँचेको भनेर चारपटक फोन गरेको बताउनुभएको छ ।



‘मैले एमाले परित्याग गरेको दिन झलनाथ जीले चार पटक फोन गर्नुभो’ इटहरीमा बुधबार आयोजित नेता झाले भन्नुभयो-’अहिले चुनावको मुखमा किन यसो गर्नुभो, हाम्रो त ढाडै भाच्चियो । कि पहिल्यै गरेको भए हुन्थ्यो कि चुनावपछि गर्नुपथ्र्यो भन्नुभयो ।’ खनालको प्रश्नको जवाफमा आफूले सही समयमा आफूले सही निर्णय गरेको सुनाउनुभयो । उहाँले आफूहरुले उठाएको एजेण्डाहरु सम्बोधन गर्न खनालले खोजे पनि झापा क्याम्पले विरोध गरेपछि झलनाथको परालको खुट्टा लरबरिएको बताउनुभयो ।

अधिकांश समय एमालेलाई गाली गर्न खर्चिएका झाले कांग्रेस र मधेसवादी दललाई समेत छाड्नुभएन । एमाओवादीका नेता झाले कांग्रेसले मधेसलाई आफ्नो चरण क्षेत्र बनाउन खोजेको आरोप लगाउनु भयो । ‘मधेस कांग्रेसको चरण क्षेत्र होइन आफ्ना छाडा पशुहरुलाई छाडेर नष्ट गर्ने दृष्टता नगर्नुस्’ झाले भन्नुभयो-’मधेसमा स्वाभिमानको बालीले टुसा हाल्न थालेको छ । आफ्ना छाडा साँढेहरु नछोड्नुस् ।’

मधेसी दलहरु भ्रष्टाचारी भएको भन्दै उहाँले भन्नुभयो-’उहाँहरु जहाँ पाउने, त्यही नाक डुबाएर खाने हो । भ्रष्टाचारमा डुब्नु भएको छ ।’ पछिल्लो समय एमाले अध्यक्ष झलनाथ खनालले मोहन बैद्य किरणलाई उकासेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
अभिनेत्री चित्रांगदा सिंहले ‘इन्कार’ तथा ‘हजारौँ ख्वाहिशें ऐसी’मा बोल्ड सिने दिएर सबैलाई चकित बनाइसकेकी छिन् ।

बोल्ड सिन दिनमा माहिर चित्रांगदा अहिले आफ्नै फिल्म ‘आई, मी और में’को लागि निकै उत्साहित छिन् । उनले एक अखबारको अन्तर्वार्तामा यस फिल्ममा अभिनेता जोन अब्राहमको साथ किसिंग सिन दिँदा कुनै अप्ठ्यारो अनुभव नभएको बताएकी छिन् ।

‘आई, मी और में’ मा जोनको साथ आफ्नो लिप लक सिनको बारेमा बताउँदै यस्तो सिन दिँदा कतै भद्धा नलागेको र कोही अप्ठ्यारो फिल नभएको बताएकी हुन् । फिल्म भित्र आफ्नो क्यारेक्टरको नाम अनुष्का रहेको चित्रांगदाले बताएकी छिन् ।

फिल्ममा उनी र जोन लिव इन रिलेशनमा रहेका छन् । यसैलाई आधार बनाएर चित्रांगदाले सँगै रहेका दुई जवान केटाकेटीबीच शारीरिक सम्बन्ध हुनु सहज कुरा भएको बताएकी छिन् । जोन निकै इमान्दार व्यक्ति भएको बताउँदै उनकोसाथ काम गर्न निकै सहज भएको चित्रांगदाको भनाई छ ।



हेर्नुस् पुरा भिडियो तल बक्समा डबल क्लिक गरी

१८ वैशाख, बिराटनगर । गृहमन्त्रालयले सूचना नै प्रकाशित गरेर हतियार राज्यलाई बुझाउन गरेको उर्दीको म्याद आजबाट सकिँदैछ । तर, बिराटनगरस्थित मोरंग जिल्ला प्रशासन कार्यालयमा भने यस अवधिमा कसैले पनि हतियार बुझाएका छैनन् । यसको विपरीत हतियार माग्दै सिडियो कार्यालयमा धाउनेहरु चाहिँ फेला परेका छन् ।
‘हामीकहाँ कसैले हतियार बुझाउन ल्याएका छैनन्, बरु उल्टै हामीसँगै हतियार माग्नेहरु चाँहि आइरहेका छन् । तर, हामीले उनीहरुलाई हतियार दिएका छैनौं ।’- जिल्ला प्रशासन स्रोतले अनलाइनखबरसँग भन्यो ।


माओवादी सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रशासन कार्यालयले अहिलेजस्तै गरी आफ्ना नागरिकलाई हतियार बुझाउन आग्रह गरेको थियो । पछि फिर्ता दिइने छ भन्दै प्रशासनले त्यसबेला नागरिकका साथमा रहेका दर्तावाल बन्दूकहरुसमेत प्रशासनमा बुझाएका थिए । ‘अहिले तिनै बन्दूक माग्न सम्बन्धित व्यक्तिहरु हामीकहाँ आउने गरेका छन्, तर हामीले अर्को निर्णय नभएसम्म फिर्ता दिन सकेका छैनौं ।’-स्रोतले भन्यो ।
जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा १ हजार ४३ थान बन्दूक दर्ता रहेका छन् । तर, विगत द्वन्द्वकालमा राज्यले सुरक्षाको कारण देखाउँदै जिम्मा लिएका बन्दूक फिर्ता नगरेको गुनासो गरेको स्रोत बताउँछ । राज्यले चाँहि हतियार बुझाऊ भन्ने अनि उसले लगेका हाम्रा बन्दुक किन फिर्ता नदिने भन्दै दर्तावाल बन्दुकधारीहरु रिसाएको बुझिएको छ । ‘शान्ति सुरुक्षाका लागि जनतासँग भएका हतियार संकलन भइरहेका बेला उनीहरुको बन्दूक कसरी फिर्ता गर्नु ?’- जिल्ला प्रशासन कार्यालय स्रोतको कथन छ ।
अबैध हतियार १ महिनाभित्र जिल्ला प्रशासनमा बुझाउन गृहले गत चैत्र १९ मा गरेको दोस्रो उर्दीको म्याद आज सकिँदैछ । यसअघि फागुन १७ मा गरिएको एक महिने उर्दीका क्रममा १ हजार थान हतियार जम्मा भएको गृह मन्त्रालयले जनाएको छ । गृहले एकातिर जनतासँग रहेका अबैध हतियार बुझाउन आग्रह गरेको छ भने अर्कातिर गत बैसाख ९ मा अर्को सूचना निकाले वृहत शान्ति सम्झौताबमोजिम भीआइपी सुरक्षाका लागि माओवादी नेताहरुले राखेका हतियारसमेत १ महिनाभित्रमा बुझाउन अर्को उर्दी जारी गरेको छ ।
गच्छदारले राख्न पाउने, हामीले किन नपाउने ?अरु नेताहरुले सुरक्षाका लागि हतियार राख्न नपाउने गृहले उर्दी गरे पनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग चाहिँ दुईवटा बन्दुकहरु रहेका छन् । गच्छदारका साथमा एक थान राइफल र एउटा १२ बोरको बन्दूक रहेको छ । द्वन्द्वकालमा नागरिकका हतियार सीडियो कार्यालयमा बुझाउन उर्दी गरिए पनि गच्छदारले ती बन्दूकहरु राज्यलाई बुझाउने परेन ।
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • त्रिविमा विज्ञान विषयमा चार वर्षे स्नातक सुरु
  • एकैपटक पाँच शिशु जन्माइन यि २३ वर्षीया महिलाले!! (फोटोफिचर र भिडियोसहित)
  • ट्युसन पढ्न गएकि छात्रा माथि यौन दुर्व्यबहार..
  • Harke Haldar(हर्के हल्दार) - 26 May 2013
  • पुरूषको यो बानीले महिलालाई भूतुक्कै बनाउँछ
  • सुक्क सुक्क गर्दै रोए नायक राजेश हमाल
  • सूर्यमा अकल्पनीय घटना हुँदै ! नासाका वैज्ञानीकाहरु नै चिन्तित
  • जेठाजुले प्रहार गरेको दाउराले लागेर बुहारीको ज्यान गयो
  • बाथरुम सेक्समा रम्ने सिंगापुरे लाइफ
  • सामान्य बिमारीले कोरियाका नेपाली मानसिक तनावमा
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home