• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
१७ फागुन, नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोटको कार्यालयमा गएराती आगलागी हुदाँ तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कार्यालयमा रहेका महत्वपूर्ण कागजात पनि जलेका छन् । आगलागीबाट तीन प्रहरीसहित चार जना घाइते भएका छन् । रेडक्रस भवनमा रहेको निर्वाचन आयोग नुवाकोटको महत्वपूर्ण कागजात पनि जलेर नष्ट भएको छ ।



आगो लागेको समयमा कोठामा सुतिरहेको निर्वाचन कार्यालयका कम्युटर अप्रेटर मदनकुमार शाहलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । आगो निभाउन गएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी हवल्दार अवजेश कुमार झा, प्रहरी हवल्दार चन्द्रलाल श्रेष्ठ र प्रहरी जवान सागर तामाङ पनि घाइते भएका छन् ।



आगोबाट निर्वाचन सम्बन्धी महत्वपूर्ण कागजात, ल्यापटप, कम्युटर, क्यामरालगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो पाँच घण्टापछि आज बिहान नियन्त्रणमा आएको थियो । आगलागीको कारण विद्युत सर्ट भएर हुन सक्ने अनुमान प्रहरी गरेको छ ।
१७ फागुन, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरिया गएका ३३ जना नेपाली त्यहाँस्थित इन्छन विमानस्थलबाटै फर्किएका छन् । सजिलैसित कोरिया जान पाएकोमा आफुलाई भाग्यमानी ठान्दै उडेका यी नेपाली कामदारलाई कोरियाली अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाइएको छ । सन् २०१२ मा मात्रै यसरी ३३ जना नेपाली कामदारलाई फर्काइएको वैदेशिक रोजगार विभाग इपीएस शाखाले जनाएको छ ।



ती मध्ये ३२ जनालाई नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा फर्काइएको हो । एक जना महिलालाई भने पहिले त्यहाँ गैरकानुनीरुपमा बसेको अभियोगमा फिर्ता पठाइएको छ । फर्किनेहरुमा बाँकी सवै पुरुष छन् ।



नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै बिदेशी अध्यागमले डिपोर्ट गरेको भएपनि उनीहरु त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छैनन् । इपीएस कोरिया शाखाका निर्देशक नारायणबहादुर थापाले अनलाइनखबरसँग भन्नुभयो- उहाँले भन्नुभयो-’उनीहरु फर्किएर आएपछि हामी कहाँ आउँदैन् । कारबाही भएको हामीलाई कुनै जानकारी छैन ।’



कसरी प्रयोग भयो नक्कली पासपोर्ट ?

सामान्यतया नक्कली पासपोर्ट प्रयोगकर्तालाई नेपालको कानुनले दण्डनीय बनाएको छ । सम्पूर्ण प्रकृया सरकारी तहबाटै संचालन हुने एपीएसमा नक्कली पासपोर्ट प्रयोगकर्ता कसरी छानिए त ? थापाले भन्नुभयो- पहिले त्यहीं बसेर फर्किएका नेपालीहरुले पासपोर्ट हरायो भनेर नयाँ नाममा पासपोर्ट बनाएर गएका होलान, त्यहाँ बायोमेटि्रक प्रणालीअनुसार उनीहरुको रेकर्ड रहने हुनाले पुरानोसँग मिल्नासाथ फर्काएको होला ।’ कोरिया सरकारले यी ब्यक्तिलाई फर्काएका छौं भनेर जानकारी मात्र गराउने तर के कारणले फर्काइयो भनेर बिस्तृत जानकारी नदिने कारणले फर्किनेहरुको कसुरको प्रकृति स्पष्ट हुन नसकेको थापाले बताउनुभयो ।



कोरियाको विमास्थलमा अध्यायमनले बायोमेटि्रक्स सिस्टममा आँखाको नानी र औठा छापको चेक गर्ने गरिन्छ । ‘नागरिकता र पासपोर्ट लिएर आएपछि हामीले अरु हेर्ने सिस्टम छैन’ थापाले भन्नुभयो-’तर, बायोमेटि्रक्स सिस्टममा नयाँ र पुरानो तुलना गर्दा मिल्नासाथ फर्काइदो रहेछ ।’ यसरी विमानस्थलबाटै फर्काइएकाहरु पुनः कोरिया जान नपाउने र गैरकानुनी रुपमा जान खोजे कोरियाको इमिग्रेसनले रोक्ने उहाँको भनाई छ ।



बैधानिकरुपमा बसेर फर्किएकाहरुलाई पुनः भाषा परिक्षामा भाग लिएर इपिएस अन्र्तगत कोरिया जान छुट दिइएको भएपनि तोकिएको समयभन्दा बढि गैरकानुनीरुपमा बसेका र त्यहाँ अपराधको अभियोग लागेर फर्किएकाहरु भने कोरिया जान पाउँदैनन् ।



हेर्नुहोस सूची




भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
अन्य भिडियो हेर्न तल क्लिक गर्नुहोला

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी प्रेमीका इरिना सायक नांगिएकी छिन् । ख्यातिप्राप्त फेसन डिजाइनर मार्क ज्याकोब्सका लागि इरिना नांगिएकी हुन् । ज्याकोब्सका लागि काम गरेपछि आफू रोमाञ्चित भएको पनि इरिनाले बताएकी छिन् । द स्किन यु आर इन प्रचारका लागि ज्याकोब्सले तयार पारेको टिसर्टमा २५ वर्षिया रुसी मोडल इरिनाको नांगो तस्बिर छापिएको छ । तर, ती टिसर्टमा उनको पछाडि भाग मात्रै नग्न देखाइएको छ, जसमा उनको लामो कामुक खुट्टालाई बढी महत्त्व दिइएको छ । २००८ देखि न्युयोर्क विश्वविद्यालय क्यान्सर इन्स्टिच्युटका लागि कार्य गर्दै आएका ज्याकोब्सले आफ्ना पहिरनमा असंख्य मोडललाई छापिसकेका छन् । उनको पहिरनमा केटी प्राइस र लरेन पोपले समेत काम गरिसकेका छन् । सो च्यारिटीका लागि ज्योकब्सको पहिरनमा डिटा भोन टिज, भिक्टोरिया बेकह्याम तथा मारिसा मिलरले पनि आफ्नो नग्न शरीर देखाएर सहयोग गरिसकेका छन् । गत फेब्रुअरीमा स्पोट्र्स इलुस्ट्रेटेडको कभरमा छापिएकी पाँच फिट १० इन्च अग्ली मोडलको सो अभियानलाई भने गोप्य राखिएको थियो । गत वर्षको सुरुवातदेखि इरिना रोनाल्डोसँग घुम्दै छिन् । २६ वर्षिय फुटबल स्टार रोनाल्डो फेरी(फेरी मोडलहरू घुमाउन माहिर भए पनि उनले इरिनासँगै बिहे गर्ने घोषणा गरिसकेका छन् । हालै मात्र इरिनाले आफ्नो छरितो शरीर प्रदर्शनका क्रममा आफूले कहिल्यै डायटिङ नगर्ने बताएकी थिइन् भिडियो तल  बक्समा हेर्नुहोस


केन्याको पूर्वी भागमा आज एक बसद दुर्घटना हुँदा ३५ जनाको मृत्यु छ । उक्त बसको नियन्त्रण अकस्मात गुम्न गई अनेकौँपटक पल्टिँएको प्राप्त समाचारमा जनाइएको छ । ट्राफिक प्रहरी प्रमुख सामुएल किमारुले एघार व्यक्तिको घटनास्थलमै मृत्युभएको तथा अन्य २४ को अस्पताल लैजाँदा बाटामा तथा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त बस राजधानी नाइरोबीबाट उत्तरपूर्वी नगर गारिसातर्फ गइरहेको बताइएको छ । उनीहरू केन्यामा आउँदो सोमबार हुने आम निर्वाचनमा भाग लिन त्यसतर्फ गइरहेको जानकारी दिइएको छ ।



काठमाडौं, युवतीलाई गैरकानुनी ढंगले दुबई लगी शारीरिक शोषण मा संलग्न गराउने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धनकुटा आँखीसल्ला–६ का २९ वर्षीय नवीन दाहाल र गौशालाका २६ वर्षीय वीरेन्द्रबहादुर साह रहेका छन् ।उनीहरूले जावलाखेलस्थित एक डान्स रेस्टुरेन्टकी डान्सर २२ वर्षीया सुष्मा सोनालीलाई गैरकानुनी प्रक्रियाबाट दुबई लगेका थिए । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट पक्राउ गरिएका उनीहरूले सुष्मालाई मासिक एक लाख ६० हजार रुपियाँ पाउने प्रलोभन दिँदै भारतको दिल्लीबाट दुबइ पुर्‍याएका थिए ।

सुष्मालाई दुबईको इस्टोरिया होटलको सुर संगम रेस्टुरेन्टमा डान्स गर्ने भनिए पनि त्यहाँ भने लगिएन । प्रहरीका अनुसार सुष्मालाई दुबईको अर्कै रेस्टुरेन्टमा जबरजस्ती काम गर्न लगाइयो । नेपाल फर्कने भन्दा उनलाई शारीरिक यातना दिइयो । प्रहरीका अनुसार उनलाई रेस्टुरेन्ट मालिकले प्रत्येक ग्राहकसँग यौनसम्बन्ध राख्न दबाब दिने गथ्र्यो । मालिकको आदेश पालना नगर्दा उनलाई चिसो कोठामा बन्द गरिन्थ्यो । लामो समयदेखि चिसो कोठामा राखिएकी सुष्माको कम्मरभन्दा तलको भाग नचल्ने भएपछि नेपालस्थित परिवारका सदस्यलाई खबर गरिएको थियो । सुष्मालाई तल्काल फर्काउन नेपालस्थित दलालसँग आग्रह गर्दा दुबई जाँदा बखत लागेको भाडा असुल नहुँदासम्म फर्काउन नमिल्ने भनेका थिए । पछि दलालहरूले पीडित परिवासँग पहिलो चरणमा ५० हजार रुपियाँ मागेका थिए । त्यसले पनि नपुग्ने भनेपछि एक लाख रुपियाँ माग भएको थियो । केहीसिप नलागेपछि पीडित परराष्ट्र मन्त्रालय पुगेका थिए । परराष्ट्रको पहलमा सुष्मालाई दुबईमा भेटिँदा अचेत अवस्थामा थिइन् । प्रहरीका अनुसार उनको शरीरको तल्लो भाग चल्दैन । महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थले भने, ‘दुबईमा सुष्मा भेटिँदा बेहोस थिइन्, उनको शरीरको कम्मरभन्दा तलको भाग चल्दैन । बुझ्दा शारीरिक यातनाका कारण यस्तो भएको देखियो ।’
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • धरापमा परे चलचित्र क्षेत्र, नेपाली नायिकाहरुको सेक्स स्क्याण्डलहरुले लियो झन ठुलो रुप!
  • चितुवासँगै हुर्किएका दाजुबहिनी (फोटो फिचरसहित)
  • यस्तो नक्कली कागज बनाउने र ठग्ने कन्सलट्यान्सीका धनीहरु पक्राउ! हेर्नुस् भिडियोसहित
  • गर्भवती किमलाई २५०, ००० डलरको प्रस्ताव
  • गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
  • उपराष्ट्रपति नगए पछि सहिद पुत्रले उद्घाटन गरे आदिवासी जनजातिको महाधिवेशन
  • कोरियामा नेपाली कामदारहरु माथि यती धेरै यौन शोषण !! हेर्नुहोस् भिडियो
  • गेस्ट हाउसले पनि गर्न थाल्यो रक्तचन्दनको तस्करी
  • यस्तो छ विश्वभर नै हंगामा मच्चाइरहेको सामुहिक किसको भिडियो (१८ वर्षमुनिकालाई हेर्न निषेध)
  • यौन खोज्नेमा नेपाली महिला सबै भन्दा अगाडी हेर्नुहोस (भिडियो )
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home