दोहा । साउदी अरबको इराक र जोर्डनको सीमा नजिक रम्फा भन्ने ठाउँमा गोठालोका रुपमा काम गर्ने एक नेपालीले बाख्रा हराएकामा २ बर्ष जेल सजाय भोग्नु परेको छ । आरोपित जितबहादुर दमाईले ७५ हजार रियाल पनि जरिवाना तिर्नुपर्ने सजाय सुनाईएको छ ।सयौं बाख्राका एक्ला रेखवाला दमाई दुई बर्षदेखि साउदी जेलमा छन् । ‘म बाख्रा चराईरहेको थिए । साहुले पठाएको भन्दै एउटा अरबी बाख्रा लिन आयो’ दमाईको भनाई उदृत गर्दै साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले भने, ‘मैले साहुले केही नबताएको भन्दा पनि तिमी हाम्रो कामदार हो । बढो ठूलो बन्ने होइन भन्दै आधा बाख्रा लिएर गयो ।’ उसले जर्बजस्ती आधा बाख्रा लिएर गएपछि दमाईले तुरुन्दै साहुलाई जानकारी दिए । ‘साहु तुरुन्तै प्रहरीलाई लिएर भेडीगोठ आईपुग्यो,’ दमाईको भनाई थियो । ‘साहुले मेरो मिलेमत्तोमा बाख्रा बेचेको आरोप लगाएर प्रहरीको जिम्मा लगायो, केही समयपछि बाख्रा लाने खरबी पनि पक्राउ पर्यो ।’
चोरी मुद्दामा जेल परेका उनको जेल समय भुत्तान भएपनि अदालतले सुनाएको जरिवाना तिर्न नसक्दा उनी जेलमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ
हात्ति कराएको त धेरैले सुनेकै हो । तर, बोल्ने हात्तिलाई भने सयद तपाईले देख्नु भएको छैन । दक्षिण कोरियाको एक चिडिया घरमा रहेको हात्तिले भने कोरियाली भाषा बोलेर विज्ञानलाई नै चुनौति दिएको छ । उक्त हात्तिको नाम कोसिक राखिएको छ । उसको शब्दाबलीमा ५ कोरियाली शब्द छ, जसलाई कोसिक विशेष रुपमा बोल्छ । उसले बोल्ने शब्दमा नेपालीमा हलो, बस, हैन, पल्ट र अझ राम्रो छ । स्थानीयका अनुसार उक्त हात्ति पछिल्लो ५ वर्षदेखि चिडिया घरमा एक्लैछ । लामो समयसम्म हात्ति साथी नहुनु र निरन्तर मानिससँग मात्र सम्पर्क हुनुले कोसिकले बोल्न सकिको हुन सक्ने बताइएको छ । यद्यपी बैज्ञानिकहरुले यसको कारण खोजिरहेका छन् । भिडियो

