• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
महानगरीय प्रहरी वृत्त थिमीले अरनिको राजमार्गखण्डअन्तर्गत सडक दायाँबायाँ खुलेका विभिन्न होटल तथा रेस्टुरेँन्टमा छापामारी १४ जनालाई नियन्त्रणमा लिएको छ। राजमार्गमा रहेका दुई रेस्टुरेँन्टमा छापा मारी सात युवक र सात युवतीलाई नियन्त्रणमा लिइएको हो।
अरनिको राजमार्गखण्डअन्तर्गत लोकन्थलीदेखि साँगासम्मको राजमार्ग दायाँबायाँ खुलेका होटल तथा रेस्टुरेँन्टहरु देहव्यापार गर्ने थलोका रुपमा परिणत भएको गुनासो आएपछि प्रहरीले आज छापा मारी देहव्यापारमा संलग्न रहेका अवस्थामा सात पुरुष र सात महिलालाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
प्रहरीले मध्यपुरथिमी नगरपालिका-१३ स्थित बाराही होटल मध्यपुर थिमी-१४ स्थित फूलबारी रेस्टुरेँन्ट र गठ्ठाघरको मिड वे क्याफे एन्ड रेस्टुरँेन्टमा छापामारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका महिला, पुरुष र होटल सञ्चालकलाई आजै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
श्रम तथा रोजगार मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) मा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । मन्त्रालयले कामदारलाई अदक्ष, अर्धदक्ष, दक्ष र उच्चदक्ष ४ भागमा वर्गीकरण गरी छुट्टाछुट्टै पारिश्रमिक निर्धारण गरेको हो ।
मन्त्रालयका अनुसार अदक्ष कामदारको न्युनतम ज्याला ८ सय डिराम्स र खाना भत्ता ३ सय गरी ११ सय दिराम्स (२५ हजार रुपैयाँ) निर्धारण भएको छ । एकलाख ६० हजारभन्दा बढी कामदार कार्यरत युएईमा सवैभन्दा बढी अदक्ष कामदार छन् ।

अर्धदक्ष कामदारको खाना भत्ता ३ सय र न्युनतम पारिश्रमिक १ हजार गरी १३ सय, दक्ष कामदारको खाना भत्ता ३ सय र न्युनतम पारिश्रमिक १२ सय गरी १५ सय र उच्च दक्ष कामदारको खाना भत्ता ५ सय र पारिश्रमिक ५ हजार गरी ५५ सय डिराम्स तोकिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • यस्तो पनि नेपाली चलचित्र? 'रिङरोड " शुटिंग मा यो हर्कत हेर्नुहोस !!
  • ल हेर्नुस, चलचित्र ATM मा सेन्सर बोडले रोक लगाएको हट बेडसिन यस्तो थियो
  • ''सत्यसँग अभिनय गर्दै उनकी श्रीमती अनिता''
  • ''डेनिस रेगुलेटरको ब्रान्ड एम्बेसडर करिष्मा मानन्धर''
  • रातो ब्रा लगाउन नमानेपछि विवाद मा नायिका बिनिता
  • आजको राशिफल Today Rashiphal 12 /12/12
  • इजिप्टको फुटबल दंगामा ३३ को मृत्यु, मुख्य ३ शहर संकटकाल घोसित (भिडियोसहित)
  • जापानी वैज्ञानिकहरुले रगतको थोपाबाट मुसा बनाए
  • महरा महासचिव हुने खबरले एमाओवादीमा हंगामा ,केन्द्रीय समितिको बैठकअघि पदाधिकारीमा छलफल
  • टेलिभिजनमा जागिर लागाई दिने भन्दै बलात्कार प्रयास
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home