बेलायतमा विश्वकै सबैभन्दा महंगो घर बिक्रिका लागि तयार भएको छ । घरका शौखिनहरुले यो घर खरिद गर्न सक्छन् तर साथमा टन्नै गाँठ हुनु भने आवश्यक छ । त्यो पनि थोरै होइन झण्डै १४ अर्ब रुपैयाँ ।
हामीजस्ता धेरैका लागि यो आकाशको फल आँखातरी मर भनेजस्तै हो । तर लण्डनको यो घर खरिद गर्न धेरै अरबपतिहरुको रस्साकस्सी हुने अनुमान गरिएको छ ।
२१ हजार ५ सय वर्गफिटमा बनेको यो घरमा ७ बेडरुम छन् । साथै ९ वटा बाथरुम तथा ११ वा पाहुना कोठा छन् । यो घर अत्याधुनिक प्रविधियुक्त छ, अर्थात् यसमा आइप्याडबाट नियन्त्रण गर्न सकिने विजुलीको व्यवस्था छ ।
यो घर बनाउन १० करोड बेलायती पाउण्ड खर्च भएको थियो । यसको मार्केटिङको जिम्मा सेविल्स कम्पनीलाई दिइएको छ ।
लण्डनको रिजेन्ट पार्कमा बनेको वान कर्नवाल टेरास नाम दिइएको यो घरको डिजाइन प्रख्यात आर्किटेक्ट डेसिमस बर्टनले गरेका हुन् । डेसिमस ती व्यक्ति हुन् जसले बेलायती राजदरबारको पनि डिजाइन गरेका हुन् । हेरौँ यो बहुमुल्य घरका केही झलक
साउदी अरेबियाको एक सहरमा विवाह समारोहमा मंगलबार आगलागीमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ३० जना पनि नराम्ररी घाइते भएका छन्।
साउदी अरेबियाको अबकिक सहरमा दुर्घटना भएको हो।
सो सहरबाट निस्कने अल एक्तिसादिया पत्रिकाले विवाह समारोहमा अकस्मात आगलागी भएको र यसको कारण विद्युतमा देखिएको गडबडी भएको उल्लेख गरेको छ।
सो सहरबाट निस्कने अल एक्तिसादिया पत्रिकाले विवाह समारोहमा अकस्मात आगलागी भएको र यसको कारण विद्युतमा देखिएको गडबडी भएको उल्लेख गरेको छ।
साउदी अरबको राजधानी रियाधमा एउटा इन्धन ट्रक पड्किँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। घटनामा सयभन्दा बढी घाइते भएको प्रत्यक्षदर्शी र अधिकारीहरुले बताएका छन्।
इन्धन ट्रक पड्केर त्यसबाट निस्केको आगोले नजिकैको भवन र कारहरु जलाएको थियो।
घटनामा आतंकवादीहरुको हात रहेको शंका गरिएको छैन।
घटनामा आतंकवादीहरुको हात रहेको शंका गरिएको छैन।




