भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
साउन ८ गते नै एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले मोहन बैद्यको अभिव्यक्तिलाई जनयुद्धको अपमानका रुपमा व्याख्या गरे । बैद्य माओबादीले १३ हजार बढी नेपालीले गणतन्त्रका लागि गरेको आहुतिलाई अपमान गरेको आरोप लगाउँदै गर्दा उनले निर्वाचन आचारसंहितालाई उलंघन गरेको आरोपमा पूर्वराजालाई जेल हाल्नुपर्ने तर्क अगाडि ल्याए । एकपछि अर्को गर्दै पूर्वराजासँग सम्बन्धित विभिन्न सवालहरुले राष्ट्रिय राजनीतिमा चर्चा बटुल्न सफल भएको छ । पूर्वराजाप्रतिको आस्था, सहकार्यको चाहना र पूर्वराजाप्रतिको कटाक्षले पूर्वराजा सामाजिक बहसको विषयसमेत बनेका छन् । देशमा गणतन्त्र घोषणा भएपश्चात् लामो समयसम्म निष्क्रिय जीवन बिताएका पूर्वराजाले बेलाबखतमा गर्ने गरेको धार्मिक भ्रमण र राहत बितरणबाट समेत सशङ्कित हुने गरेका राजनीतिक दलका केही नेताहरु सार्वजनिक कार्यक्रममा नै पूर्वराजालाई जेल हाल्नुपर्ने बताएपछि पूर्वराजाप्रतिको सहानुभूति ह्वात्तै बढेको छ । निर्वाचन आचारसंहितालाई पालना गर्नुपर्नेमा फरक मत नराख्ने र गणतन्त्रप्रति आस्था राख्नेहरु पनि पूर्वराजाको पक्षमा खुलेर बोल्न थालेका छन् । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिबाट आक्रोशित भएकाहरुले आफ्ना आक्रोश र पूर्वराजाप्रतिको सहानुभूतिलाई सामाजिक सन्जालमार्फत निकै टीकाटिप्पणी भएको छ ।
हेर्नुस भिडियो खबर
हेर्नुस भिडियो खबर
नया खबरबाट
मनोरञ्जनात्मक भिडियो सामाग्री हेर्न तल क्लिक गर्नुहोस ।
पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !
Harke Haldar | July 28th 2013
पुरा भिडियो हेर्न को लागि बक्स मा डबल क्लिक गर्नु होस्
पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !
कारागारमा रहेका कैदीले भित्रैबाट आपराधिक क्रियाकलाप गर्ने गरेको खबर नौलो रहेन । जेल प्रशासन र सुरक्षाकर्मीको मिलेमतो र लापरबाहीले जेल संगठित अपराधीको योजनास्थल बन्दै गएको छ । व्यापारी महेश मुरारकाको अपहरण अभियोगमा जेल जीवन बिताइरहेका अमर टण्डन पनि जेलमै बसेर आफ्नो आपराधिक गिरोह चलाइरहेका थिए । उनले केही समय अगाडी सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका सईलाई नक्खु कारागारमा सात घन्टा बन्दी बनाएका थीए । कतिपय अपराधमा जेलबाट छुटेपछि जेलबाट छुटेका व्यक्तिहरू भित्र रहेका चर्चित अपराधीहरूबाट प्रयोग हुने गरेका छन् । हेम मगर जेलबाट छुटेको पाँच महिनापछि पुनः टण्डन समूहका लागि काम गर्दागर्दै सारडा अपहरणमा पक्राउ परेका थिए । जेलभित्रैबाट यसरी आपराधिक सञ्जाल चल्नुमा जेल प्रशासन सबैभन्दा बढी जिम्मेवार रहेको प्रहरीको पनि बुझाइ छ ।
जेल प्रशासन थोरै पैसाको लोभमा पनि आँखा चिम्लिदिने र सुरक्षाकर्मीले पैसाकै लागि साथ दिने गरेकाले त्यहाँभित्र जस्तो पनि सुविधा उपभोग गर्ने स्थिति भएको कारागार विभागका एक अधिकारी बताउँछन् ।
हेर्नुस भिडियो खबर













