तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने..परिवारसँग बसेर हेर्नै नसकिने फिल्म एडल्ट आतंक

यसअघि पलपलमा, लुट, चपली हाइट, बर्बाद, एटीएमजस्ता चलचित्रले एडल्ट सर्टिफिकेट पाएका थिए। फरकधार भन्दै यस्ता चलचित्र निर्माण गर्ने क्रम रोकिएको छैन। यस वर्ष भने यो तथ्यांक ह्वात्तै बढेको छ। केन्द्रीय चलचित्र जाँच समितिका अनुसार आर्थिक वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा जस्ट फर यु, नेपथ्य, सुपारी, कर्कस, रोमान्स, त्रास, मिसन फर ट्वान्टी, लभ फरएभर, रिंगरोड, प्लेगर्ल, युज, अपि्रल फूल, छड्के, कलिउड, किन किन, नाइन ओ क्लक, धन्दा, ब्लाक नाइट, लभ यू-म्यान, लुट कम्पनी, धूवाँ यो नशा, साइना, फूलस्टप तथा बिन्दास छन्। माथि उल्लेखितमध्ये केही चुपचाप प्रदर्शनमा आए र उत्रिए भने केहीले एडल्ट सर्टिफिकेट पाएको कुरालाई नै चलचित्रको विज्ञापनको माध्यम बनाए। श्रोत ©कान्तिपुर साप्ताहिक


भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |