चार दलका नेतासँग रेग्मीले भेट्न मानेनन्
३० असार, काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चार दलका नेताले भेट्नका लागि गरेको आग्रहलाई अस्वीकार गरेपछि उच्चस्तरीय राजनीतिक समितिको अर्को बैठक बोलाइएको छ ।
तर, रेग्मीले आफू व्यवस्त रहेको भन्दै भेट्ने समय नदिएपछि आइतबार ५ बजे चारदलीय संयन्त्रको बैठक बोलाइएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
चार दलका नेतालाई भेट्न नमानेका रेग्मीले आइतबार दिउँसो क्याबिनेटको मिटिङ बोलाउनुभएको छ । चार दलका नेताहरुले विभिन्न देशमा खाली रहेका राजदूतको नियुक्ति गर्ने तथा बजेटका विषयमा पनि आफ्ना कुराहरु राख्न खोजेपछि रेग्मीले बजेट भाषणको व्यस्तता देखाउँदै भेट दिन नमानेको स्रोतले बतायो ।