पदीय विभाजन बारे एमाओवादीमा छलफल
२६ असार, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले पदीय विभाजन र संगठनात्मक संरचनाका विषयमा आज छलफल गर्ने भएको छ ।
साथै बैठकमा कार्यविभाजनको मापदण्डका विषयमा मुख्य रुपमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । साउन ४ गतेबाट बोलाइएको परिषद बैठकको पूर्ण तयारीका लागि बैठक बस्ने भएकाले आजको बैठक महत्वपूर्ण हुने सापकोटाको भनाई छ । यसअघि अध्यक्ष प्रचण्डले गरेको जिम्मेवारी विभाजनका विषयमा धेरै सदस्यहरुले आपत्ति जनाएपछि विवाद भएको थियो । पदीय जिम्मेवारीकै कारण नेताहरुमा विवाद बढेपछि उपाध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजिनामा दिनुभएको थियो ।

