४ तले भवन भत्कियो, ५ जनाको मृ्त्यु, २१ घाइते

१ जेठ, एजेन्सी । युगाण्डाको वाण्डामा एक चार तले भत्किँदा कम्तिमा ५ जनाको मृ्त्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

निर्माणाधिन उक्त भवन भत्किँदा भवनमा काम गरिरहेका कामदारहरूमध्ये ५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । घाइते हुनेहरू पनि सबै भवनमा काम गर्ने कामदार भएको बताइएको छ। भवन भत्किँदा अन्य केहि मानिस समेत पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

भवनमा च्यापिएका घाइतेहरूको उद्दार कार्य जारी रहेको छ भने, केही घाइतेहरूको अवस्था निकै गम्भिर भएकोले ज्यान गुमाउनेको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ ।