भावनालाई ह्यारीले भने, ‘के भो गल्ती’ (भिडियो)
लामो समय पर्दाबाट हराएकी मोडल भावना गुरुङ वीपी वाग्लेको शब्द तथा स्वरमा समावेश ‘के भो गल्ती भन पि्रया’ बोलको गीतको भिडियो मार्फत दर्शकमाँझ आएकी छिन् । यो भिडियोमा उनका साथमा विरेन्द्र हमालसँग अभिनयको तालिम लिइरहेका मोडल ह्यारी योञ्जनले अभिनय गरेका छन् ।
यो भिडियोलाई युगल लिम्बुले निर्देशन गरेका हुन् । भिडियोमा निरोज, सन्तोष र सन्दिपको छायांकन, रविन धामीको नृत्य निर्देशन छ । ‘मधुर बचन’ एल्बमबाट लिइएको यो गीतलाई दर्शकले मनपराउने विश्वास गरिएको छ ।
यो भिडियोलाई युगल लिम्बुले निर्देशन गरेका हुन् । भिडियोमा निरोज, सन्तोष र सन्दिपको छायांकन, रविन धामीको नृत्य निर्देशन छ । ‘मधुर बचन’ एल्बमबाट लिइएको यो गीतलाई दर्शकले मनपराउने विश्वास गरिएको छ ।