विद्यार्थी निस्काशनको विरोधमा क्याम्पस बन्द

मकवानपुर, चैत २६ - आफ्नो संगठनको विद्यार्थी नेतालाई नियतवश निष्काशन गरेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मकवानपुर बहुमुखी क्याम्पस बन्द गराएको छ।



केही दिनअघि अनेरास्ववियुका क्याम्पस इकाइ अध्यक्ष रामु शर्मासँग भएको विवादपछि हातपात गरेको भन्दै २ विद्यार्थी नेतालाई क्याम्पसले निस्काशन गरेको विरोधमा संगठनले ‘अनिश्चतकालीन' भन्दै क्याम्पसका पठनपाठन बन्द गराएको हो।



राप्रविसको आन्दोलनमा अनेरास्ववियु बाहेक अन्य ७ विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाएका छन्। इकाइ अध्यक्ष राकेश महर्जनलाई ३ वर्ष र उपाध्यक्ष किशोर अधिकारीलाई एक वर्षका लागि क्याम्पसबाट निस्काशन गरेको भन्दै पठनपाठनमा अवरोध गरिएको संगठनका जिल्ला अध्यक्ष विजयसिंह ठकुरीले बताए। उनले २ विद्यार्थी नेतालाई पुनर्वहाली नगरेसम्म पठनपाठन सुचारु हुन नदिने बताउ । उनले क्याम्पसमा सञ्चालन भएको परीक्षा भने सुचारु रहेको जानकारी दिए।



आज विज्ञप्ति जारी गरी विरोध जनाउनेमा अनेरास्ववियु क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियु छैठौं, नेकपा-माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी, क्रान्तिकारी विद्यार्थी संगठन र अग्रगामी विद्यार्थी युनियन छन्।