म हाकिमकी पत्नी हुँ जे बोल्न नि पाईन्छ भन्दै प्रहरीलाई हप्की र दप्की गरेपछी..
काठमाडौ, वैशाख १५ – महानगरी प्रहरी वृत्त हनुमानढोकामा शनिबार एउटा अनौठो घटना घट्यो । बिदाको दिन एक महिलाले आफू वृत्त प्रमुख रणबहादुर चन्दकी पत्नी भन्दै उनकै कार्यालयमा बसेर मातहतका प्रहरी लाई हप्की र दप्की गरिन् । तर, उनीविरुद्ध कसैले चुँ पनि गर्न सकेनन् ।
चन्दको कार्यकक्षमा बस्न पुगेकी अधबैशे महिलाले आफूलाई चन्दको पत्नी हुँ भन्दै मातहतका प्रहरी हरुलाई थर्काएपनि उनलाई पक्राउ भने गरिएन् । बरु उनले प्रहरी हिरासतमा रहेका अन्ना क्यासिनोका प्रबन्धक तप्तबहादुर विष्टलाई आफ्नो अगाडि उभ्याउन अह्राइन् । सोधपुछ गर्नुछ भन्दै विष्टलाई आफू समक्ष ल्याउन उनले मातहतका प्रहरी लाई निर्देशन दिएकी थिइन् । विष्ट नेपालीलाई क्यासिनो छिराएको आरोपमा पक्राउ परी हिरासतमा छन् ।
चन्दकी पत्नीको करिब १० बर्षअघि मृत्यु भएको थियो । स्रोतका अनुसार ती अधबैशे महिला बिराटनगर घर भएकी गोमा सुवेदी हुन् । उनी करिब आधा घण्टा कार्यालयमा बसेकी त्यहाँ कार्यरत एक प्रहरी अधिकृतले जानकारी दिए ।