ट्याम्पोमा ठोकिएर अर्थमन्त्रालयका उपसचिवको निधन
चैत्र ६ – अर्थमन्त्रालयका उपसचिव ज्ञानराज श्रेष्ठको ट्याम्पोको झ्यालको डण्डीमा ठोक्किएर निधन भएको छ ।
रत्नपार्कबाट सिनामंगगलका लागि छुटेको बा १ ह ३६५१ नम्बरको सफा ट्याम्पोमा उनको ज्यान गएको हो ।
टेम्पोको डण्डीमा श्रेष्ठको टाउको अचानक ठोक्किँदा बेहोस भएका थिए । त्यसपछि उनलाई टेम्पोमै रहेका अन्य यात्रीले रातोपुलको वेल कियर अस्पतालमा पुर्याएको त्यसपछि आफन्तहरुले थप उपचारका लागि नर्भिक अस्पतालमा पुर्याए पनि उनको उपचार सफल हुन नसकेको हो ।
टेम्पो चालकलाई भने प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।