२० वर्षको उमेरमै मोडलको हत्या पछि पूर्वपतिले लासलाई सेक्स गरेका थिए -फोटो सहित

पश्चिमी मुलुकको केहि फिल्म हस्ति एवं मोडलको मृत्यु रहस्यमय अवस्थामा भएको छ । कतिपय मृत्युका घटना न्यायिक प्रक्रिया मार्फत सुल्झिसकेका छन्, भने कति रहस्यकै गर्भमा छ ।


कतिपय चर्चित व्यक्तिको हत्या उनीहरुकै निकटवर्तीद्वारा क्रुर एवं घिनलाग्दो तरिकाले भएको पाइएको छ । यसरी मारिनेमा एक हुन्, डोरोथी रुथ हूग्सट्रेटन । कम उमेरमै प्रशिद्धिको उचाइ चुमेकी यि क्यानेडियन मुलकी मोडलको हत्या २० वर्षको उमेरमा भएको थियो । डोरथीको जन्म १०६० मा भएको थियो । डोरोथी रुथ हूग्सट्रेटनको जिन्दगी निश्चय नै छोटो थियो । तर, यहि छोटो अवधीमा उनले धेरै कुरा हासिल गरेसकेकी थिइन् । डोरोथीको २० वर्षको उमेरमा १९८० मा मृत्यु भयो । खासमा उनको हत्या भएको थियो । यो हत्या अरु कसैले नभइ उनकै पति पाल स्नाइडरले गरेका थिए ।

१९७७ मा डोरोथी हाई स्कूलको पढाइ गरिरहेकी थिइन् । साथै त्यस समय डेयरी क्वीन नामको एक रेष्टुरेन्टमा पार्ट टाइम काम पनि गरिरहेका थिए । उसै क्रममा उनको भेट, एक एरिया क्लव प्रमोटर एवं दलाल पाल स्नाइडरसँग भयो । त्यहीवाट यि दुईको प्रेम सम्वन्ध गाँसियो । पछि स्नाइडरले डोरोथीको केहि न्युड फाटो खिचे र प्लेब्वाइ म्यागजिनमा पठाइदिए ।

१९७९ मा डोरेथी र पाल लस भेगास गए । डोरोथीले आफ्नो सरनेम छोटो गरेर शेरेटन राखे । यहि नामले उनलाई चिनिन थाल्यो । यसै क्रममा उनी प्लेब्वाइको मिस अगस्ट वनिन र सेन्चुरी सिटी प्लेब्वाइ क्लवमा प्लेब्वाइ बन्नी (क्लबको वेटर) को रुपमा काम गर्न थालिन् । डोरोथीले टेलिभिजन शो बक रोजर्स र फेन्टसी आइजल्यान्डमा पनि रोल गरे । १९७९ मा अमेरिकामा वनेको कमिक फिल्म स्केटटाउन यूएसएमा पनि प्रस्तुती दिइन् । १९८० मा डोरोथी प्लेब्वाइ म्यागजिनका प्लेमेट अफ द ईयर (प्लेब्वाइ म्यागजिनको मोडल) वनिन् ।

डोरेथीले १९८० मा एक साइन्स फिक्सन फिल्म गैलेक्सिानामा मुख्य भूमिका निर्वाह गरिन् । यसैवीच उनको अफेयर पीटर बाँग्डेनोविकसँग चल्यो, जो ‘दे अल लाफ्ड’ भन्ने फिल्म वनाइरहेका थिए । यो डोरोथीको पहिलो र अन्तिम ठूलो फिल्म थियो ।

पालले डोरोथीको कुकुरलाई विष दिएर मारे । डोरोथीप्रतिको रिस पोख्न यसो गरिएको थियो । त्यसपछि उनीहरुको सम्वन्ध अझ विग्रदै गयो । तर, यसवेलासम्म सम्वन्ध विच्छेद भइसकेको थिएन । पालले डोरोथीको जासुस गर्न थाले । र, १९८० मा डोरोथीको हत्या गरिदिए । पालले पहिला त डोरोथीको टाउकोमा गोली हाने । जव डोरोथी ढलिन्, त्यसपछि पाल उनको निर्जीव शरीरसँग खेल्न थाले । यो जघन्य अपराध गरिसकेपछि उनी स्वंमले पनि आत्महत्य गरे । यहि घटनामा आधारित दुइ फिल्म वनेको छ । पहिलो १९८१ म ‘डेथ अफ ए सेन्टरफोल्डः द डोरोथी स्ट्राटेन स्टोरी’ र दोस्रो चाहि १९८३ मा ‘स्टार ८०’ ।