कोरियामा एक नेपाली युबकको ओछ्यानमै निर्मम हत्या!

मीनप्रकाश उप्रेती सउल । रोजगारीका लागि एक बर्षअघि कोरिया पूगेका झापा अनारमनी-८ का ३६ बर्षीय राजेश राईको गत शनिबार सुतिरहेको ठाउँमा हत्या भएको छ । ३१ बर्षीय क्याम्बोडियन नागरिक सामिनले उनको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । हत्यारा सामिन र राईलाई कम्पनीले एउटै कोठामा आवासको प्रवन्ध मिलाएको थियो । कोरियन कानूनमा त्यसरी दुई देशका कामदारलाई एउटै कोठामा राख्न नमिल्ने जानकारहरु बताउँछन् ।



तीन महिनाअघि रोजगारका लागि कम्पनीमा सरेका राईलाई क्याम्बोडियन नागरिक संगै एउटै कोठामा राखिएको थियो । राई र सामिनवीच कम्पनीमा आएदेखि नै खानाको पिषयलाई लिएर विवाद हुने गरेको सँगै काम गर्ने कैलालीका अर्जुन श्रेष्ठले भनाइ छ । एक देशका नागरिकलाई अर्को देशको खानाको गन्ध मन नपर्ने भएका कारण दुईजनावीच विवाद उत्पन्न हुँदै आएको थियो । अलग देशका नागरिकलाई एउटै केाठामा राख्न नहुने कोरियन नियमलाई कुल्चिएर कम्पनी साहुले उनीहरुलाई एउटै कोठामा राख्दै आएका थिए ।



यसरी भयो राईको हत्या





गत शनिबार साँझ झापा अनारमनीका छिमेकी साथी बसन्त बस्नेत र नुवाकोटका सूर्य तामागलाई राईले भेटघाटका निम्ति बेालाएका थिए । राई साथीलाई खाना बनाउन लागेका मात्र के थिए क्याम्बोडियन सामिनले राईलाई नेपाली खानाको गन्ध आफुलाई मन नपर्ने भन्दै खाना पकाउन रोक लागाए ।



राईले प्रतीकार गर्दै पकाउन खोज्दा विवाद लम्बियो र हात हालाहालको स्थिति आयो । त्यस क्रममा समीनले बलप्रयेागका लागि छीमेकी साथीलाई बेालाएको प्रहरीको बयानमा उल्लेख गरिएको छ । जब अन्य २ जना क्याम्बेडियनहरु उक्त कम्पनीमा प्रवेश गरे, तब स्थितिले उग्र रुप लिन पुग्येा । केही समयको भीडन्तपछि सबै तितर-वितर भए ।



सामिनले नेपालीकेा पिटाइ खाइसकेको थियो जसले गर्दा उसमा आक्रोशकेा ज्वालाले सीमा नाघिसकेकेा थियो । त्यसपछि राति करीब साढे ११ बजे एक्कसी एैया…. भन्ने आवाज बसन्त बस्नेको कानमा पर्‍यो ।



र्फकेर हेर्दा राजेश राईलाई सिँढीको तल रगतको आहालमा फेला परे । राईको देब्रे कोखामा रोपिएको बसन्त बताउँछन् । त्यसपछि क्याम्बोडियनहरुको भागदैाड र नेपालीहरुको रुवाबासीको दृश्य सम्झँदै बस्नेत भन्छन् राईलाई उपचारका लागि लान एम्बुलेन्सको तयार हुँदाहुँदै रगत धेरै बगिसकेको थियो । प्रहरीको सहारामा राति एक बजे आसानस्थित हान्गुक हस्पीटलले राईलाई मृत घोषणा गर्‍यो ।



हाल राईको शव सेाही हस्पिटलमा पोष्टमार्टम सकी नेपाल पठाउने तयारीमा राखिएको मृतकका जेठान राजकुमार बान्तवाले जनाउनुभएको छ । शव नेपाल पठाउन आवश्यक कागजपत्र तयार भैसकेकेा र केही दिनमै शव नेपाल पठाइने कोरियास्थित नेपाली दूतावासका श्रम सहचारी अनील गुरुगले बताउनुभएको छ ।