म १८ वर्षीय दुब्लो युवक हुँ। कुनै केटीलाई हेर्दा मेरो लिंगमा बढी उत्तेजना आउँछ। किन होला?
म १८ वर्षीय दुब्लो युवक हुँ। कुनै केटीलाई हेर्दा मेरो लिंगमा बढी उत्तेजना आउँछ। किन ?
२२४१०

किशोरावस्थादेखि नै अनि वयस्क हुने क्रममा प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा परिवर्तन देखापर्नु स्वाभाविक हो र यो विकास क्रममा बिस्तारै सबैको अंग एवं मस्तिष्क परिपक्व हुँदै आउँछन्। यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तन प्रमुख हुन्छन्। यसै क्रममा अर्को व्यक्ति (धेरैजसो स्थितिमा विपरित लिङ्गी) प्रति यौनका दृष्टिकोणले आकर्षण बढ्नु प्रमुख परिवर्तन हो। शारीरिक, भावनात्मक तथा यौनसम्बन्धी परिवर्तनका साथै आफूलाई व्यवस्थित गर्नु आफैंमा असजिलो कुरा हो। त्यसमा पनि यौनप्रतिको चाहना, त्यसलाई शान्त पार्न के गर्न हुन्छ के गर्न हुँदैन जस्तो अलमल सबैमा हुन्छ। यौनसम्बन्धी कुरा सपनामा पनि देखिन्छ। तपाईंले भन्नु भएजस्तै युवतीलाई हेर्दा यौन उत्तेजना आउने कुरा पनि हुन्छ। यसको अर्थ के होला ? के यो सामान्य होला जस्ता अनेक प्रश्न उत्पन्न हुनसक्छन् र अन्यौल उत्पन्न्न हुन्छ।
यौन मानवजीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबैजसो स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि। यो प्रकृतिले नै दिएको छ। सामान्य भाषामा भन्दा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई नै यौनेच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक मत भए पनि यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। त्यसैका साथै हामी कुनै पनि यौन उत्तेजनात्मक दृश्य जसमा पहिरन सहितकै भए पनि युवतीको शरीर वा अङ्ग को प्रभाव पर्छ नै र उत्तेजना हुन्छ। यसको अर्थ यो होइन कि त्यस्तो भयो भन्दैमा कुनै यौन क्रियाकलापका लागि पहल जायज हुन्छ। त्यसैले यी स्वाभाविक कुरालाई व्यवस्थित गर्नु जरुरी छ। हाम्रो व्यवहार समाजमा भएका तत्कालीन मूल्य-मान्यताअनुरूप सुहाउँदो हुनु आवश्यक छ। यौन उत्तेजन दृश्य देखेर लिङ्ग केही वेर उत्तेजित हुँदैमा हानि पुग्दैन अनि कसैलाई यी कुरा थाहा दिइएन भने अर्को व्यक्तिलाई हानि पनि हुने भएन।
म अहिले २० वर्षको भएँ राति दिनहुँ नाइटफल हुन्छ। म के गरूँ ?
४१५०७
निदाइरहेका बेला एकपछि अर्को चित्र, विचार, भावना र संवेदनाहरू अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो। अनेकन प्रयास गरिए पनि कुनै व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ भन्ने ठोस निष्कर्ष प्राप्त भैसकेको छैन। सपना विशेष गरेर Rapid Eye Movement (REM) निद्राको स्थितिमा देखिन्छ। सपना विभिन्न किसिमका हुन्छन्, जस्तै कि डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी। यहाँ हामी यौन सपनाका बारेमा तपाईंकै चासोको सेरोफेरोमा रहेर कुरा गर्छां। यस्तो च्भ्ः स्थितिमा यौनाङ्गमा रगत भरिन्छ र पुरुषको लिङ्ग उत्तेजित हुन्छ भने अनि महिलामा पनि योनिश्राव हुन्छ।
यौनसम्बन्धी कुरा हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्छौं तर यौनसम्बन्धी कुरा निदाएका बेला पनि निरन्तर रूपमा चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। पहिलो पटक यो किशोरावस्थामा देखापर्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ। दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ। यसलाई स्वप्नदोष भनिए पनि यौन सपना समस्या वा खराबी होइन। पूर्वीय समाजमा वीर्य खेर जान दिनु हुँदैन भन्ने सोच विद्यमान थियो र अहिले पनि छ। वीर्य खेर गए कमजोरी हुने, जीवन शक्तिमा ह्रास आउने विश्वास राखिन्थ्यो। त्यसगरी अन्य भागमा १८ औ १९ औं शताब्दी विवाह बाहिर वा धेरै मात्रामा वीर्य स्खलन हुनुलाई spermatorrhea भन्ने खराबीको संज्ञा दिइन्थ्यो र त्यसको उपचार गरिन्थ्यो।
यौन सपनाका सन्दर्भमा धेरै कुरा भए पनि माथि भनिएजस्तै यो कुनै दोष युक्त कुरा नभै स्वाभाविक रूपमा हुने कुरा हो। यौन सपनाले शरीरमा भएको यौन तनावलाई कम गर्न सहयोग गर्छ। यो यौन विकासको स्वाभाविक कुरा हो। किशोरावस्थामा यौन विकासका क्रममा धेरैले यसको पहिलो अनुभव गरे का हुन्छ। हस्तमैथुन वा यौनसम्पर्कको माध्यमवाट यौन तनावलाई शान्त पारिने उपाय नगरिएको स्थितिमा केही बढी देखिन्छ। अविवाहित वा यौन साथीस ँग छुट्टएिर बसेको व्यक्तिले यौन सपना देख्नु सामान्य हो।
कतिपय यस्ता यौन उत्तेजक सपना देखेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन् भने अर्को थरी वीर्य स्खलन हुनै लागेका बेला ब्यूँझिन्छन्। केहीको त निद्रै खुल्दैन र बिहान ब्यूँझिसकेपछि मात्र थाहा पाउँछन्। जे होस्, निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ। वीर्य यौ नाङ्ग क्षेत्रमा रहे संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूँझिएपछि लिङ्ग र अण्डकोष तथा वरिपरिका क्षेत्र साबुन पानीले धुनुपर्छ। तन्ना वा आफ्नो पहिरनमा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुराले पनि निकै चिन्ता उत्पन्न हुन्छ। अण्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।
स्वप्नदोषका सम्बन्धमा उचित जानकारी नपाइने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन्। पक्कै पनि आफूलाई कुनै गम्भीर रोग लागेको शंका पनि हुन्छ। यसलाई अन्य कतिपय कुराहरूसँग जोडिन्छ। यसमा कुनै हानिकारक असर हुँदैन। बुझ्नुभयो होला यसमा केही गर्नुपर्दैन। अनावश्यक रूपमा उपचार गराउँदा आफूलाई होइन व्यवसायीहरूलाई मात्र फाइदा हुन्छ।