‘बिग बोश’ को उपाधी उर्बशी ढोलकियालाइ
भारतीय टेलिभिजन ‘कर्लस’ को चर्चित रियालिटी शो ‘बिग बोश’ को उपाधी उर्बशी ढोलकियाले जितेकी छिन् । शनिबार बेलुका भएको फाइनलमा उर्बशीले इमाम सिद्दिकीलाई हराउदै बिग बोशको उपाधी जितेकी हुन् । उपाधीसँगै उनले ५० लाख नगद पनि जितेकी छिन् ।
निक्कै तामझामका साथमा सम्पन्न भएको यो रियालिटी शो को फाइनलको अन्तिममा उर्वशी र इमाम पुगेका थिए । इमामले १० लाख नगद पुरस्कार जितेका छन् । यस्तै यो रियालिटी शो को सेकेन्ड रनरअपको उपाधी सना खानले जितेकी छिन् । ‘बिग बोश’ को निरन्तर ३ सीजनको उपाधी महिलाको पोल्टामा गएको छ । ‘बिग बोश’ ४ को उपाधी स्वेता तिवारी र ५ को उपाधी जूही परमारले जितेका थिए । फाइनल कार्यक्रममा नायक सलमान खानले थुप्रै गीतमा नृत्य गरेका थिए । साथमा बलिउडका केही चर्चित अनुहार पनि फाइनलमा उपस्थित भएका थिए ।

