छ बर्षिय बालिकालाई बलात्कार गर्न खोज्ने पक्राउ पर्यो
छ वर्षीय बालिकालाई करणी गर्न खोज्ने मोरङको भुटानी शरणार्थी शिविरमा सेक्टर 'के' १ का ३५ वर्षीय बिक्रम शाहीलाई शुक्रबार स्थानियावासीले पक्रेर इलाका प्रहरी कार्यलय, पथरीमा बुझाएका छन् ।
घरमा बालिका मात्र रहेको मौका चोपेर उनीलाई विस्कुट दिएर नजिकैको जंगलमा लगी बलात्कार गर्न लाग्दा स्थानीयावासीले फेला पारी शाहीलाई पक्रेर प्रहरीलाई बुझाएका हुन् । मुख्य सडकको उत्तरमा जंगल पुर्यएर बालिकालाई बलात्कार गर्न खोज्दा दाउरा लिन जंगल गएका बिर्ख लिम्बूलगायताको टोलीले देखेर बालिकाको उध्दार गरेको थियो ।

