त्रिभुवन बिमानस्थलमा अध्यागमन टोलिद्वारा सर्वस्व लुटिएकी युवतीलाई विदेश पठाउने पक्राउ

a ५ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनमा सर्वस्व लुटिएकी भोजपुरकी युवतीलाई नक्कली पासपोर्टमा विदेश पठाउने पक्राउ परेका छन् । अर्कैको पासपोर्टमा उनको फोटो टाँसेर पठाउने डि्रम्स अनलिमिटेड एण्ड कम्पनीका सञ्चालक सुजन भनिने श्याम आचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको व्यूरोले जनाएइको छ । घरेलु कामदारका रुपमा साउदी अरव गएर फर्किएकी राईलाई अध्यागनका कर्मचारीले पैसा लुटेका थिए हबल्दार परशुराम बस्नेतले एक होटलमा लगेर बलात्कार गरेका थिए ।