केट मास माथी जबर्जस्ति हुने गरेको खुलासा

सुपर हट मोडल तथा अभिनेत्री केट मासले आफू टीनएजको हुँदा टपलेस फोटोसुट गर्न आफूमाथी जर्बजस्ती हुने गरेको बताएकी छिन् ।

केटले उक्त तनावका कारण फोटोसुट गर्नुअघि आफू लुकेर रुने गरेको समेत बताइन् । एक अन्तर्राष्ट्रिय पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आफूमाथी टपलेस फोटोसुट गर्न दबाब पर्ने गरेको बताइएकी हुन् । केटले यदी आफूले टपलेस फोटोसुट नगरे दोस्रो पटक काम नपाउने समेत धम्की खेप्नु परेको बताइन् । उनले बाध्यताले आफूले त्यस्तो फोटोसुट गराउन परेको भन्दै त्यस्तो फोटोसुट गर्न आफूलाई कहिल्यै सहज नभएको समेत बताइन् । ३८ वर्षीय केटले आफ्नो करियरको सुरुवात एक बेलायती पत्रिकाबाट गरेकी थिइन्, जतिखेर उनी मात्रै १६ वर्षकी थिइन् ।