गोवामा चाहना मनको…(भिडियो)

समन अधिकारीको निर्देशनमा तयार भएको ‘चाहना यो मनको’ बोलको गीतको भिडियो बजारमा आएको छ । तेजलक्ष्मी धन्जुको स्वरमा समावेश यो गीतलाई ‘मनको आखा’ नामक एल्बमबाट लिइएको हो । भिडियोमा जिके शर्मा र साकिरा घिमिरेको अभिनय छ । भिडियोमा विदुर पाण्डेको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।

नेपाली म्युजिक भिडियोहरुको छायांकन बिदेशका विभिन्न स्थानमा हुन थालेको छ । यसैक्रममा समनले आफ्नो नयाँ भिडियोको छायांकन भारतको प्रसिद्ध पर्यटकिय स्थल गोवामा गरेका हुन् ।