नेपालमा तीन अर्बको चामल भित्रियो

२९ पुस, काठमाण्डौं । यस बर्ष चामलको आयात निकै उच्च दरले बढेको छ । चालू आर्थिक बर्षको पहिलो पाँच महिनामै करिब तीन अर्ब रुपैयाँको चामल भन्सार विन्दु हुँदै भारतबाट नेपाल भित्रिएको छ ।

प्रमुख पेसा कृषि भएको मुलुकमा कृषिजन्य वस्तुकै आयात उच्च हुनु स्वाभाविक होइन । यस बर्ष तरकारी, फलफूलदेखि पशुपक्षि र चामलसमेतको आयात अत्यधिक मात्रामा बढेको खबर अन्नपूर्ण पोष्टले छापेको छ । मुलुक भित्र उत्पादन नहुने पेट्रोलियम, सुनचाँदी, गाडी, मेसिनरी उपकरणलगायतको आयात वृद्धि उच्च हुनु नियमित जस्तै हो । भारतबाट भएको चामल आयात वृद्धि गत बर्षको तुलनामा दुई सय ३५ प्रतिशत बढी छ । गत बर्ष चामलको आयात बढेको थिएन । खुला सिमानाका कारण भन्सार छलेर आयाद गर्ने प्रवृति पनि उच्च छ । भन्सार विन्दुमा घोषणा गरिएको मूल्य बजार मूल्यका तुलनामा निकै थोर हुन्छ । मूल्यका आधारमा कृषि सुधार शुल्क तिर्नुपर्ने भएकाले भन्सार विन्दुमा निकै थोर मूल्य देखाउने गरिन्छ ।