तपाईंको आजको राशिफल
तपाईंको आजको राशिफल
ㅡㅡㅡㅡㅡㅡㅡㅡ
आज २०६९ साल माघ ०१ गते सोमबार, तृतीया।
...मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
असल समय छ । प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ ।
मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित
व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । आफन्तबाट
भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु
सानातिना कामको झमेला आउनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यम खालको छ । दुःखसुख, आयव्यय, लाभहानी, सफलता–
असफलता, उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न
ठाउँको यात्रा पनि हुनसक्छ । फेरि पनि यात्राबाट मनले चाहे
जस्तो सन्तुष्टि मिल्ने देखिन्न । आफूले ताके अनुरूप काम नबन्नाले
दिक्क लाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने
अवसर जुटेको छ । परेवा र चराचुरुङ्कीलाई चारा तथा दानापानी खुवाउनाले
आज मानसिक सन्तुष्टि प्राप्त हुनेछ । घरमा बस्दा कालो लुगा लगाउनाले
आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन त्यस्तै त्यस्तै छ । बिछोडको पीडाले मन बेचैन होला । के गर्ने
के नगर्ने भन्ने बेचैनी हुन सक्छ । दिनभरि मन एकतमासको हुनेछ तर
साँझपख आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट
भरमग्दुर सहयोग प्राप्त हुने छ । आत्मबल बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन
त्यत्ति अनुकूल छैन । आज सबैका लागि प्रणयसम्बन्ध र रतिराग बढाउने
समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ । भोगविलासमा मन
जानेछ । आज चिताएभन्दा बढी कमाउने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिकूल समय चल्दैछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ।
खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला । रिसको कारणले असर
पुर्याउला । जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु
होला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हिजोआज ठिकैको समय चल्दैछ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरू आफैं
परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् ।
समयको प्रतीक्षा गर्नु होला । दिउँसो पारिवारिक समस्याले मन खिन्न भए
पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीर
केही आलस्य हुनसक्छ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ
देखिन्छ । कामगर्न मन जानेछैन । सामान्य समस्याहरुले पिरोल्ने छ ।
व्यापार व्यवसाय मध्यम रहेको छ ।
आमा वुवाको स्वास्थ्यमा समस्या अउने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ,
भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने
अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख
प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक
कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र
प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ
। आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने अनुपम दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् ।
बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै
दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक
समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन धैर्य र सावधान भई काममा लाग्नु असल हुन्छ । आज
प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुनेछ ।
बोलीको विपरीत अर्थ लाग्नाले नजिकैको आफन्त टाढिने सम्भावना छ ।
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।