यसरी गर्दैछ पाकिस्तानी सेनाले भारतसँग युद्धको तयारी…

काठमाडौ । भारतीय सेनाको हत्यापछी बढेको तनावका बीच पाकिस्तानी सेनाले आफ्नो वायुसेनालाई लडाईका लागी दुई मोर्चा बनाएर तयार रहन निर्देशन दिएको छ । पाकिस्तानी सेनाले तयार राख्ने भनिएको दुई मोर्चामा एक मोर्चाले देशभित्रका विद्रोहीसँग लड्ने छ भने अर्को मोर्चाले भारतसँग हुन सक्ने युद्धको लागि तयार रहन निर्देशन दिएको छ ।

pakspeed
पाकिस्तानी वायुसेनाका अध्यक्ष एयर चीफ मार्सल ताहिर रफिक बटले बिहिबार पाकिस्तानी सेना दुई मोर्चामा युद्धका लागि तयार हुनेछ । एक साप्ताहिक पत्रिकाका लागि बटले दिएको अन्तरवार्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले आतंकविरोधी तथा भारतसँगको सम्भावित युद्धको लागि वायुसेनालाई निकै कडा तालिम दन थालेको उल्लेख गरेका छन् ।

बटका अनुसार पाकिस्तान र चीन मिलेर जेएफ-१७ विमान पनि विकसित गरिएको छ । यस्तै, पाकिस्तानले चीनबाट सन् २०१० मा आइएल-७८ समेत किनिसकेको छ ।

पाकिस्तानले निरन्तर भारतीय सेनामाथी लुकेर आक्रमण गर्ने गरेको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् । पाकिस्तानले लुकेर हमला गर्ने गरेको र युद्धको तयारी पनि तिव्र रूपले गरिरहेको रिपोर्टहरू भारतका सुरक्षा निकायहरुमा पुर्याइएको छ । भारतीय सुरक्षा निकायहरुले पाकिस्तानले सन् १९७१ मा भएको युद्धमा हार बेहोरेपछी निकै गुप्त रूपमा सैन्य अभ्यास गरिरहेको र युद्धका लागी निकै तयारी गरेको रिपोर्टमा जनाएका छन् । पाकिस्तानले युद्धको तयारीका लागि अमेरिका, चीन, साउदी अरब, अफगानिस्तान लगायतका देशहरुसँग संयुक्त युद्ध अभ्यास गरेको बताइएको छ ।


दक्षिण एसियामा भारतबाहेक पाकसि्तानका लागी अन्य कुनै पनि देशबाट खतरा छैन् । पाकिस्तानले गरिरहेको युद्धको तयारीका केही तस्विरहरू समेत सञ्चारमाध्यमहरूमा आएका छन् । केही भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानी सेनाले युद्धका लागी गरेको तयारीका केही तस्विरहरु समेत आफ्ना सञ्चारमाध्मयहरूबाट सार्वजनिक गरेका छन् ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |