कुकुरका लागि हि्वल चेयर किन्न बालकको लोभलाग्दो पौरख

dogबालबालिकाको मन न हो । अमेरिकाका एक बालकले आफ्नो एक अपांग कुकुरका लागि हि्वल चेयर किन्ने पैसा जुटाउन सलाम गर्न लायक पौरख गरेका छन् । हि्वल चेयर किन्ने ३ सय डलर पैसा जुटाउन उनले साँचो राख्ने चेन देखि लिएर चुम्बक समेत बिक्रि गरे । केन्टकीका बासिन्दा ८ वर्षका राइडर म्याक कोनाथीले यस्ता खुद्रा सामान होलसेल पसलबाट किन्ने र खुद्रा बजारमा लगेर बेच्ने गरेर केही दिनमै आफ्नो कुकुरका लागि हि्वल चेयर किन्ने पैसा जुटाए ।



राइडरको एक वर्षजेठो साथी कुकुर कासियस एक वर्षघि माइलोप्याथी रोगले थलिएर अपांग बनेको थियो । अझ घरको माथिल्लो तलाबाट तल खसेपछि त्यो कुकुरको खुट्टा भाँचिएको थियो । आफ्नो साथी कुकुरको खुट्टा भाँचिएर हिँडडुल गर्न नसक्ने हुँदा राइडरको मन खायो । त्यसैले उनले उक्त कुकुरका लागि केही गर्ने निधो गरे ।

उनले खुद्रा सामान बेच्ने काम गरे र ३३० डलर जम्मा गरे । ३१५ डलरमा हि्वल चेयर किनियो र बाँकी १५ डलर राइडरका परिवारले एक संस्थालाई दान गरे । अहिले हि्वल चेयर पाएपछि कासियस हिँडडुल गर्नसक्ने भएको छ । धन्य ती पौरखी राइडर ।