श्रीमानले श्रीमतीलाई सर्पसँग सुत्न लगाएपछी... |

एजेन्सी । करिब एक महिना अगाडि मात्र विबाह गरेकी एक युवतीलाई उनका पतिले सर्पसँग सुत्न लगाएपछि पत्नी छक्क परेकी छिन् भने उनले सर्पसँग सुत्न नमानेपछी पतिले कुटपिट समेत गरेका छन् ।जिम्बाब्बेका ५२ वर्षिय मोफत नकोमोले आफ्नी २९ वर्षकी पत्नी सेकोलिहल नयोनीलाई सर्पसँग सुत्न कर गर्दा नमानेपछी कुटपिट गरेका थिए । एक दिन मोफतले पत्नीलाई आफू आज नयोनीसँग सुत्ने भन्दै आफू अर्कै स्थानमा सुतेका थिए ।



पत्नीले सँगै नसुत्ने भनेर कर गरेर सोध्दा पनि केही नबोली केही समयपछी थाहा हुने बताएका थिए ।पत्नीको आग्रहलाई अस्विकार गरेपछी पत्नी ओछ्यानमा सुत्न गइन् । जब उनी केहीबेरको निन्द्रामा थिइन्, तब उनलाई ओछ्यानमा केही भएको अनुभव भयो ।

उनले त्यसलाई सपना सम्झेर वेबास्ता गर्दै फेरी सुत्ने प्रयास गरिन् तर उनले फेरी केही चिसो वस्तु आफ्नो शरिरमा दौडिरहेको अनुभव गरपेछी उनले उठेर हे्र्दा ओछ्यानमा सर्प देखेपछी उनी डराउँदै र आत्तिँदै पतिकहाँ पुगिन् र ओछ्यानमा सर्फ रहेको बताइन् । तर पति मोफतले त्यसलाई सामान्य रूपमा लिएपछी नयोनी छक्क परिन् ।

पतिले आज त्यही सर्पसँग सुत्न भनेपछी उनी डराउँदै त्यही बसिन् र ओछ्यानमा जान मानिनन् । पतिले भने ओछ्यानमा जान भन्दै कुटपिट समेत गरे । उनले उक्त रात जसोतसो बिताइन् र भोलीपल्ट प्रहरीमा उजुरी दिइन् । प्रहरीले पनि तत्कालै मोफतलाई पक्राऊ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।