के छापियो बुधबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साउन १६ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले नेकपा-माओवादीसहित ३३ दलको मोर्चा उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता नगर्ने र निर्वाचन बहिष्कार गर्ने निष्कर्षमा पुगेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले इन्टरनेट चलाउँदा ४ अर्ब बाहिरिने खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले राजधानी बड्फूको उच्च जोखिममा रहेको खबरलाई प्रमुख खबर बनाएको छ ।
कालोसूचीमा रहेको कम्पनी परामर्शदाता नियुक्ति प्रक्रियाको सूचीमा रहेको खबरलाई अन्नपूर्ण पोस्ट दैनिकले मुख्य रुपमा छापेको छ भने कांग्रेसले निर्वाचन व्यवस्थापन रणनीति तय गरेको राजधानी दैनिकमा खबर छ ।1
2
3
4
5
6
7
8