भैसीले बम खाएपछी...

३ असार, एजेन्सी । जग्गाको विवादमा एक पक्षले दोस्रो पक्षको घरमा बम प्रहार गरेका छन् । हमलाकारीले प्रहार गरेको एउटा बम गोठमा समेत पुगेको थियो । बम गोठमा रहेको भैसी अगाडि झर्यो । उक्त बमबारे उक्त घरका मानिसले केहि सोच्नु भन्दा पहिले नै भैसीले मुखमा हाल्यो र मुखमा हालेर चपाउन खोज्दा उक्त बम पड्क्यो र भैसी त्यही ठहरै भयो ।



यो घटना भारतको फिरोजपुर जिल्लाको हो । प्रहरीका अनुसार लखबिन्दर सिंहको गाऊँको गुरमित सिंह र गुरदयाल सिंहबीच लामो समयदेखी जग्गाको बिषयमा विवाद रहेको थियो । सोही विवादका बीच आइतबार गुरमित सिंह र गुरदयाल सिंह आफ्ना अन्य दुई साथी सहित लखबिन्दर सिंहको घरमा छिरे । उनीहरू धारिलो हतियार र बमसहित आएका थिए ।

यसरी हतियार तथा बमसहित आएको देखेपछी लखबिन्दर सिंहको परिवारमा भागदौड नै मच्चिएको थियो । आफ्नो घरमा हतियार सहित आएको देखेपछि ज्यान जोगाउनका लागि उनीहरू घर छाडेर सुरक्षित स्थानतर्फ भाग्न थाले यसैक्रममा गुरमित र गुरदयालका साथीहरुले उनीहरुको घरमा बम फ्याँकेका थिए । यही क्रममा बम भैसी नजिक गएर बम खस्दा भैसीले खाएपछी बम पड्किएको भैसी मरेको थियो ।