कुवेतमा नौँ जना नेपाली यौन कृयाकलाप गरिरहेको अवस्थामा रंगेहात पक्राउ ! साथमा ब्ल्यु फिल्म बरामद
असार १६ । कुवेतमा पाँच जना युवती र चार जना युवा यौनजन्य गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
कुवेतको जलिब अल शुयोख क्षेत्रमा सुरक्षाकर्मीहरुले छापा मारेर पाँच नेपाली युवती र चार नेपाली युवकलाई यौन जन्य गतिविधी गरेको आरोपमा कुवेत प्रहरीले पक्राउ गरेको कुवेतटाइम्स डटकमले लेखेको छ ।
उक्त अनलाइनले उनीहरुले वेश्यावृत्ति गरेको भन्दै थप अनुसन्धान भइरहेको समाचार पनि लेखेको छ । प्रहरीले अहिले सम्म पक्राउ परेकाहरुको नाम र ठेगाना भने खुलाएको छैन ।
फोटो: अरबटाइम्स
अरब टाइम्समा प्रकाशित समाचार अनुसार फरवानियाका कार्यकारी सुरक्षा निर्देशक मेजर जनरल इब्राहिम अल तराह कहाँ त्यो क्षेत्रमा नेपाली आप्रवासीहरु वेश्यावृत्तिमा संलग्न भएको सुचना आएपछि उक्त गतिविधीको पर्दाफास भएको हो ।
सोही क्रममा क्रममा पाँच नेपाली महिला र चार नेपाली पुरुषलाई कुवेती प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी प्रहरीले उनीहरुले साथमा ब्ल्यु फिल्म र अरु अश्लील सामाग्री पनि त्यहाँबाट बरामद गरेको बताएको छ । पक्राउ परेका मध्ये दुई नेपाली महिला कम्पनीबाट भागेर यस्तो गतिविधी गर्दै आएको बताइएको छ ।
पक्राउ परेकाहरुका विरुद्ध मुद्दा दर्ता गरि थप कारवाही गरिने जनाइएको छ ।