नेपाल छिरेर आतंक मच्चाउने ३ भारतीय प्रहरी नियन्त्रणमा
सुनसरी, १३ असार । विना अनुमति नेपाल प्रवेश गरेर सर्वसाधारणलाई आतंकित बनाउने तीन जना भारतीय प्रहरीलाई सुनसरीको इनरुवाका वासिन्दाले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा बिहारको खगोरिया जिल्लास्थित गंगौर प्रहरी थानाका प्रहरी नायव निरीक्षक हरेन्द्र सिंह, चौकीदार धनेश्वर यादव र गृहरक्षक कविराज राय छन् ।

इनरुवा नगरपालिका-२ का मुकेश कुमार पोद्धारको घरमा खानतलासी गर्दै स्थानीयवासीलाई आतंकित पारेपछि उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् । सुनसरीसँग जोडिएको भारतीय सिमानामा भारतीय सीमासुरक्षा गार्ड एसएसबी को आतंक सहदै आएका सुनसरीवासीले भारतीय प्रहरी विरुद्ध प्रतिकार गरेका हुन् ।
नेपाल प्रवेश गरेर सर्वसाधारणलाई आतंकित पार्ने र खानतलासी गर्ने भारतीय प्रहरीमाथि सख्त कारबाही हुनुपर्ने माग स्थानीय वासिन्दाले गरिरहेकोमा नेपाल प्रहरीले भने उनीहरुलाई विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालयमा बुझाएको छ । -इमेज

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं