‘नयाँ नेपाल’ का लागि प्रहरीको तलब काटियो
१५ असार, रौतहट । ‘नयाँ नेपाल निर्माणका लागि भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा मध्येक्षेत्र प्रहरी कार्यालयले मातहतका १६ जिल्लाका सुरक्षाकर्मीको १ दिनको तलब काटेको छ । मध्यक्षेत्रबाट मात्र ३५ लाखभन्दा बढी रहक प्रधानकार्यालयले असुलेको छ ।
दर्जाअनुसार सुरक्षाकर्मीको जेठ महिनाको १ दिनको तलब कट्टा गरिएको हो । स्रोतका अनुसार मध्यक्षेत्रका बारा, पर्सा, सर्लाही रौतहट, धनुषालगायत १६ जिल्लाका १२ हजार ५ सय ८८ सुरक्षाकर्मीको तलबबाट ३ करोड असुलेको हो । प्रधान कार्यालयबाट अनिवार्य १ दिनको तलब बुझाउन मातहतका सुरक्षाकर्मीलाई आदेश आएको एक सुरक्षा अधिकारीले जानकारी दिए । उनले भने ‘स्वेच्छाले भनिए पनि कार्यालयको लेखाफाँटले जबर्जस्ती रकम कट्टा गरेको छ ।’
सिपाहीको ३ सय ३० देखि दर्जाअनुसारको रकम कट्टा गर्न निर्देशन भएकाले सोहीअनुसार रकम संकलन गरेको एक लेखाअधिकारीले जानकारी दिएको कान्तिपुर दैनिकमा खबर छ ।