डलरको भाउ ९६ बाट उकालो लाग्यो

१२ असार, काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरी एकपटक अहिलेसम्मका सवै रेकर्डहरु तोड्दै उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि ९६ रुपैयाँ ७७ पैसा दर तोकेको छ । बुधबार राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रि दर ९५ रुपैयाँ ५१ पैसा तोकेकोमा बिहीवार एक रुपैयाँ भन्दा बढि बृद्धि भई ९६ रुपैयाँ ७७ पैसा पुगेको छ ।



राष्ट्र बैंकले तोकेको दरभन्दा बाणिज्य बैंकले सामान्यतया बढि दरमा कारोबार गर्ने भएकाले बिहीवार उपभोक्ताले एक अमेरिकी डलरका लागि ९७ रुपैयाँसम्म खर्चिनुपर्ने हुनसक्छ । भारतीय मुद्रा डलरको तुलनामा कमजोर हुँदै जाँदा त्यसको असर नेपालमा पनि पर्छ । बुधबार भारतीय रुपैयाँले डलरको तुलनामा ६० रुपैयाँ पार गरेको थियो ।

अमेरिकी डलरको भाउ बढ्दै जाँदा बिदेशमा काम गर्ने नेपाली श्रमिक र नेपालमा बिदेशी मुद्रा भित्राउने पर्यटन र आउटसोर्सिङ बिजनेसु लाभिन्वित हुन्छन । तर, बिद्युतीय सामाग्री, सवारीसाधन लगायतका आयायित बस्तुको भाउ भने बढ्न जान्छ ।