चौधरीको कुटपिटबाट दलित महिलाको गर्भ नष्ट

रौतहट, १३ असार । रौतहट जिल्लाको गाविस सखुअवा–६ निवासी वीरेन्द्र चौधरीले सोही गाविसका एक दलित महिलालाई कुटपिट गरेका कारण गर्भ नष्ट भएको छ । नन्दलाल पासवानको श्रीमती शिला पासवानलाई बुधबार राति चौधरीले कुटपिट गरेका कारण गर्भ नष्ट भएको पीडित पासवानको भनाइ छ ।



कुटपिटबाट घाइते महिलाको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको डा. प्रवीणकुमार झाले बताउनुभयो । गर्भ नष्टको सम्बन्धमा भिडियो एक्सरे गर्न पठाइएको अस्पतालले जनाएको छ । वीरेन्द्र चौधरीले सञ्चालन गरेको अवैध रक्सी भट्टीलाई बुधबार प्रहरीले नष्ट गरेपछि भट्टीको सुराकी दिएको आरोप लगाउँदै कुटपिट गरेको पीडित महिलाले बताइन् ।