के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार १५ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले स्वास्थ्य उपचार पछि राष्ट्रपति स्वदेश फर्किएको र निर्वाचन सफल बनाउन सबै दल मिल्नुपर्ने बताएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।



कान्तिपुर दैनिकले नयाँ आर्थिक बर्षका लागि बन्ने बजेटको प्रकृतिबारे लेखेको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले स्वतन्त्रता र जनअधिकारका विश्वनायक नेल्सन मन्डेला मृत्यु शैय्यामा रहेको खबरलाई मुख्य बनाएको छ ।

राजनीतिले जोगि बनाएको खबर राजधानी दैनिकले मुख्य रुपमा छापेको छ भने राष्ट्रपतिको समस्या छातीमा रहेको नयाँ पत्रिकामा खबर छ ।