एमालेको कार्यक्रममा मिडियाको अघि किन मुख लुकाए ‘पप्पु’ले ?
फोरम गणतान्त्रिकका नेता राजकिशोर यादव संचारमन्त्री भएपछि चलचित्र बिकास बोर्डको अध्यक्ष बन्न पाएका धमेन्द्र मरबैता ‘पप्प’ु अहिले सिनेकर्मी माँझ निक्कै चर्चामा छन् । चलचित्र महोत्सव भद्रगोल बनाएर होस् या नायिका रेखा थापासँग नजिक भएर होस्, पप्पुको चर्चा हुने गरेको छ ।
तर मंगलबार नेकपा एमालेले पार्टी कार्यलय बल्खुमा आयोजना गरेको एक कार्यक्रममा पप्पुको अनौठो व्यवहार देखियो । पहिले देखि नै एमाले पार्टीमा आबद्ध रहेका भनिएका पप्पुले एमाले पार्टी प्रवेश कार्यक्रममा अनलाइनखबरको क्यामेरा अघि आफ्नो अनुहार लुकाउने प्रयत्न धेरै गरे । आखिर पप्पुलाई किन यस्तो गर्नु आवश्यक थियो त ? राजकिशोरका निकट मानिएका कारण पनि उनलाई धेरैले फोरम गणतान्त्रिककै कार्यकर्ताको रुपमा चिन्छन् । पप्पु निकट मानिसहरु भन्छन्, ‘उनी चुनाव भएको खण्डमा राजकिशोरलाई नै सघाउन लागि पर्नेछन् ।’
तर आखिर किन पप्पु एमालेको कार्यक्रममा पुगे र मिडियाको अघि अनुहार लुकाउने प्रयास गरे । उनले क्यामेराले आफ्नो तस्बिर कैद गर्ला भन्ने डरले सुरुमा अनुहार छोपेका थिए । तर पछि फोन बोक्दै पप्पु एउटा कोठा तर्फ लागेका थिए । अनलाइनखबरको क्यामेरामा तस्बिर कैद होला भन्ने डर पप्पुलाई किन भयो त ? के उनी आफू एमाले निकट नरहेको देखाउन चाहन्थे त ?