आर्यनलाई दोहोर्याएर रेखालाई चिढ्याउँदै छवि, छोरालाई पनि सिने नगरीमा भित्र्याउने
‘लोफर’मा नायक आर्यन सिग्देललाई लिएपछि निर्माता छविराज ओझा र चलचित्रको चर्चा बजारमा राम्रैसँग चुलिएको छ । आर्यनसँग रेखाको दुश्मनी बढेपछि छविले उनलाई आफ्नो ब्यानरबाट टाढा राख्दै आएका थिए । तर नायिका थापा आफ्नो जीवनबाटै टाढिएपछि छविले आर्यनलाई आफ्नो निकट बनाउन थालेका हुन् ।
यसैबिच ‘लोफर’ प्रदर्शन अगावै छवि आर्यनलाई लिएर नयाँ चलचित्र बनाउने तयारीमा लागेका छन् । नवल नेपालले निर्देशन गर्ने नयाँ चलचित्रमा छविले आर्यनलाई मुख्य नायकको रुपमा लिने पक्का भएको छ । उनले नयाँ चलचित्रका लागि गीत रेकडिङ कार्य सुरु भएको बताएका छन् ।
यता नायिका रेखा थापासँग लीभिङ टुगेदरमा लागेपछि आफ्ना ३ छोरालाई खासै समय दिन नपाएका छविले अब भने बल्ल उनीहरुको आवश्यकता महशुश गरेका छन् । यसैले पनि छवि आफ्नी माइली श्रीमती गीताञ्जलीको कोखबाट जन्मिएका छोरालाई सिनेमा नगरीमा ल्याउने तयारीमा छन् । छविले छोरासँग अनलाइनखबरको क्यामेरामा फोटो खिच्न भने मानेनन् ।
गीताञ्जलीको कोखबाट जन्मिएका छविका छोरा ए लेभलमा अध्ययन गर्दै छन् । ‘उसलाई हिरो बनाउँदिन तर टेक्निकल पार्टमा ल्याउछु’, छविले भने । यसरी नायिका थापासँग औपचारिक रुपमै टाढिएपछि छवि उनका दुश्मनलाई आफ्नो प्रिय बनाउने धुनमा छन् । रेखालाई चिढ्याउँन छविले यस्तो चाल चलेको धेरैको अनुमान छ ।