जियाको आत्महत्या प्रकरणमा सुरजलाई छोड्न मानेन प्रहरीले |

बलिउड नायिका जिया खानको आत्महत्या प्रकरणका मुख्य आरोपी सुरज पञ्चोलीको बेल आग्रहलाई अदालतले अस्विकृत गरिदिएको छ । सुरजमाथी दायर गरिएको मुद्धामा जियाको गर्भपतन गराएपछि जिया निकै निराश भएकी थिइन् र सुरजले बारम्बार मानसिक तथा शारीरिक रूपमा यातना दिने गरेको बताइएको छ ।



सुरजको यातनाका कारण नै जिया आत्महत्या गर्न बाध्य भएको भन्दै अदालतले सुरजको बेलको आग्रहलाई खारेज गरेको हो । सुरजलाई जियाको आत्महत्या प्रकरणमा गत जुन १० गते पक्राउ गरिएको थियो । जियाको आत्महत्यापछी प्रहरीले गरेको अनुसन्धानमा प्राप्त जियाको आत्महत्या नोटबाट सुरजलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

प्रहरीले सुरजले जियालाई बारम्बार मानसिक तथा शारीरिक यातना दिने गरेको र गर्भपतनपछी निकै मानसिक यातना समेत भोग्नु परेका कारण जिया आत्महत्या गरेको भन्दै सुरजलाई छोड्न नमिल्ने बताएको छ ।