म त स्वस्थ भएँ, देशको स्वास्थ्यबारे चिन्ता छ : राष्ट्रपति यादव
प्रकाश पौडेल माइला
१२ असार, टोक्यो । राष्ट्रपति डा. रामबरण यादवले आफु पूर्णरुपमा स्वस्थ्य भएको बताउनुभएको छ । जापानको टोक्योमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको दिवाभोजमा सहभागी राष्ट्रपतिले भन्नुभयो-’तपाईहरु ढुक्क हुनुहोस्, म पूर्णरुपमा स्वस्थ्य छु, बरु देशको स्वास्थ्यका बारेमा चिन्ता छ ।’
मुलुक प्राकृतिक स्रोत साधनमा धनी भए पनि राजनीतिक शक्तिहरुको कमजोरीले नै मुलुकमा राम्रो सिष्टम बनाउन नसकिएको र नेपालीहरुले रोजगारीका लागि मुलुक छाड्नुपरेको यादवको भनाइ थियो ।
चाँडै निको होस् भन्ने चाहेरै आफू हतार-हतार जापान आएको प्रष्ट्याउँदै डा. यादवले भन्नुभयो-’तीन करोड नेपालीको शुभेच्छाले म पूर्णरुपमा निको भएको रिपोर्ट आयो ।’ दिवाभोजमा करिव १५ मिनेट बोल्नुभएका राष्ट्रपतिले विदेशमा बसोबास गर्ने नेपालीले आर्जन गरेको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिइरहेको स्मरण गर्नुभयो । ‘आफूले कमाएको दुई-चार पैसा बचाउनुस् र मुलुकमा लगेर आफ्नो पूँजी र सीप लगाउनुस्, त्यसले देशमै रोजगारी सिर्जना हुन्छ’- राष्ट्रपतिले भन्नुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका नेता डा रामशरण महत, जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई लगायतले जापानको नेपाली समुदाय र गैरआवासीय नेपाली अभियानमा यहाँका नेपालीको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
राष्ट्रपति यादव बिहीबार अपरान्ह टोक्योबाट स्वदेश प्रस्थान गर्नुभएको र भोलि शुक्रबार काठमाण्डौ पुग्ने बताइएको छ ।
मुलुक प्राकृतिक स्रोत साधनमा धनी भए पनि राजनीतिक शक्तिहरुको कमजोरीले नै मुलुकमा राम्रो सिष्टम बनाउन नसकिएको र नेपालीहरुले रोजगारीका लागि मुलुक छाड्नुपरेको यादवको भनाइ थियो ।चाँडै निको होस् भन्ने चाहेरै आफू हतार-हतार जापान आएको प्रष्ट्याउँदै डा. यादवले भन्नुभयो-’तीन करोड नेपालीको शुभेच्छाले म पूर्णरुपमा निको भएको रिपोर्ट आयो ।’ दिवाभोजमा करिव १५ मिनेट बोल्नुभएका राष्ट्रपतिले विदेशमा बसोबास गर्ने नेपालीले आर्जन गरेको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिइरहेको स्मरण गर्नुभयो । ‘आफूले कमाएको दुई-चार पैसा बचाउनुस् र मुलुकमा लगेर आफ्नो पूँजी र सीप लगाउनुस्, त्यसले देशमै रोजगारी सिर्जना हुन्छ’- राष्ट्रपतिले भन्नुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका नेता डा रामशरण महत, जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई लगायतले जापानको नेपाली समुदाय र गैरआवासीय नेपाली अभियानमा यहाँका नेपालीको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
राष्ट्रपति यादव बिहीबार अपरान्ह टोक्योबाट स्वदेश प्रस्थान गर्नुभएको र भोलि शुक्रबार काठमाण्डौ पुग्ने बताइएको छ ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं